BIZMANDU
www.bizmandu.com

फोन पेको दसैं योजना, बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा दैनिक एक लाख जित्न सकिने

२०७७ कात्तिक १

फोन पेको दसैं योजना, बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा दैनिक एक लाख जित्न सकिने
फोन पेको दसैं योजना, बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा दैनिक एक लाख जित्न सकिने


Tata
GBIME
Nepal Life

काठमाडौं। फोन पे पेमेन्ट सर्भिसले चाड दसैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका’ योजना ल्याएको छ। योजना अन्तर्गत फोन पे डाइरेक्टमार्फत  बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ।

शनिबारदेखि कात्तिक १४ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा पाँच लाख रुपैयाँ जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो। यो योजनामा क्यूआर कोडमार्फत गरिने भुक्तानीलाई भने समावेश नगरिएको कम्पनीले जनायो।

कम्पनीका करिब डेढ लाख मर्चेन्ट रहेका छन्। फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको कम्पनीको दाबी छ।