BIZMANDU
www.bizmandu.com

काठमाडौंले उकासेको संक्रमितको ग्राफ : थपिएका संक्रमितमध्ये ५५% काठमाडौं उपत्यकामा मात्रै

२०७७ कात्तिक १

काठमाडौंले उकासेको संक्रमितको ग्राफ : थपिएका संक्रमितमध्ये ५५% काठमाडौं उपत्यकामा मात्रै
काठमाडौंले उकासेको संक्रमितको ग्राफ : थपिएका संक्रमितमध्ये ५५% काठमाडौं उपत्यकामा मात्रै

Tata
GBIME
Nepal Life

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १ सय ६७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भयो। त्यस्तै सोही अवधिमा संक्रमण देखिएका मध्ये १ हजार ८ सय जना निको भए।

शुक्रवारको तुलनामा संक्रमितको सङ्ख्या केही कमी हो। तर, काठमाडौं उपत्यकामा भने संक्रमण दर कम देखिएन। देशभर देखिएका संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकाभित्र नै देखिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाभित्र १ हजार ७ सय ४६ जनामा संक्रमण पुष्टि भयो। उपत्यकाको तीन जिल्लामध्ये काठमाडौं नै बढी प्रभावित देखियो। काठमाडौंमा १ हजार ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको हो।

कूल थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यका देखिएको प्रतिशत हेर्ने हो भने ५५ प्रतिशत हुन आउँछ। त्यस्तै, तीन जिल्ला मध्ये काठमाडौंको भारत मात्र हेर्ने हो भने ८३ प्रतिशत देखिन्छ। देशभर थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाको मात्र भने ४५ प्रतिशत रहेको छ।

यससँगै नेपालमा सक्रिय संक्रमित ३८ हजार ७ सय ३७ पुगेको छ भने कूल संक्रमित संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ। ८९ हजार ८ सय ४० जना भने निको भएर फर्किसकेका छन्।