BIZMANDU
www.bizmandu.com

कोभिडले इत्तेहादको नेपाल उडानमा लाग्यो ब्रेक, शनिबारदेखि एयर अरेबियासँग कोड सेयरिङमार्फत उडान

२०७७ कात्तिक १

कोभिडले इत्तेहादको नेपाल उडानमा लाग्यो ब्रेक, शनिबारदेखि एयर अरेबियासँग कोड सेयरिङमार्फत उडान
कोभिडले इत्तेहादको नेपाल उडानमा लाग्यो ब्रेक, शनिबारदेखि एयर अरेबियासँग कोड सेयरिङमार्फत उडान

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ का कारण यात्रु नपाएपछि युनाइटेड अरब इमिरेट्सको ध्वजावाहक वायुसेवा कम्पनी इत्तेहादले नेपाल उडान रोकेको छ। नियमित उडान गर्न नसक्ने भन्दै पत्राचार गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

यो कम्पनीले प्रत्यक्ष रूपमा नेपाल उडान नगरे पनि एयर अरेबियासँग कोड सेयरिङ गरेर यात्रुलाई उडान सेवा दिने सम्झौता गरेको उनले बताए। 'शनिबारदेखि इत्तेहाद र एयर अरेबियाको कोड सेयरिङमार्फत अमेरिका लगायत विभिन्न मुलुकबाट आउने यात्रुलाई अबुधाबी-काठमाडौं उडान हुनेछ,’ उनले भने, ‘विभिन्न मुलुकबाट नेपाल आउने र नेपालबाट विभिन्न मुलुक जाने यात्रुका लागि एयर अरेबियाको जहाजले कोड सेयरिङमार्फत यात्रुलाई सेवा दिनेछ।'

उनका अनुसार शनिबार दिउँसो ३:३० बजे एयर अरेबियाले आबुधाबी-काठमाडौं अवतरण गर्नेछ। हाल शारजाहा-काठमाडौं साताको सातवटा उडान गर्दै आएको एयर अरेबियाले शनिबारदेखि आबुधाबी-काठमाडौं साताको चार वटा उडान गर्ने अनुमति पाएको उनले बताए।

'कम्पनीले विन्टर सेडुल सुरु भए(अक्टोबर २५) पछि आबुधाबी-काठमाडौंका लागि साताको सातवटा उडान अनुमतिका लागि आवेदन दिएको छ। अनुमति पाएको अवस्थामा कम्पनीले इत्तेहादसँगको कोड सेयरिङमार्फत साताको सातवटा उडान गर्नेछ,' उनले भने।