BIZMANDU
www.bizmandu.com

सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्न नयाँ अफर ल्यायो, २० वटा स्मार्टफोन जित्ने अवसर

२०७७ असोज ३०

सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्न नयाँ अफर ल्यायो, २० वटा स्मार्टफोन जित्ने अवसर
सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्न नयाँ अफर ल्यायो, २० वटा स्मार्टफोन जित्ने अवसर

काठमाडौं। सनराइज बैंकले स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं अभियानलाई प्रवर्द्धन गर्न नयाँ अफर ल्याएको छ।

Tata
GBIME
Nepal Life

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवान सफ्टसँगको  सहकार्यमा २० जना भाग्यशाली ग्राहकलाई एक-एक थान स्मार्टफोन दिने योजना ल्याएको हो।

यस योजना अन्तर्गत सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकलाई एक-एक थान स्मार्ट फोन प्रदान गर्ने बैंकले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

त्यसैगरी नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलोपटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम सय रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्था समेत बैंकले गरेको छ ।

सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकसँग खुशी बाँड्न २०७७ कात्तिक १ गतेदेखि मंसिर ५ गतेसम्मको लागि यो योजना ल्याएको हो।