BIZMANDU
www.bizmandu.com

विमान कम्पनीलाई पनि लाग्यो दसैं, यात्रु बढेपछि उडान थप्दै कम्पनी, हवाई भाडा पनि महँगियो


विमान कम्पनीलाई पनि लाग्यो दसैं, यात्रु बढेपछि उडान थप्दै कम्पनी, हवाई भाडा पनि महँगियो
विमान कम्पनीलाई पनि लाग्यो दसैं, यात्रु बढेपछि उडान थप्दै कम्पनी, हवाई भाडा पनि महँगियो


Tata
GBIME
Nepal Life

काठमाडौं। शनिबारदेखि यात्रुको चाप बढेपछि हवाई कम्पनीले उडान थप्न थालेका छन्। केही दिन अघिसम्म यात्रु नपाएर अलमलमा परेका कम्पनी एकाएक यात्रु बढेपछि उडान थपेका हुन्।

यात्रुको चाप बढेपछि हवाई भाडासमेत महँगिएको छ। एक साता अघि काठमाडौं फर्किदा जहाज खाली आउनु परेको थियो। काठमाडौं आउने यात्रुले बसकै भाडामा जहाजमा आउने वातावरण तयार भएको थियो। तर आइतबारदेखि भने यात्रु बढेपछि उडान संख्यासँगै भाडा पनि महँगो भएको छ।

दैनिक ३२ वटा उडान गर्दै आएको बुद्ध एयरले आइतबारलदेखि  तीनवटा उडान थपेको छ। कम्पनीले विराटनगर, भद्रपुर लगायत विभिन्न गन्तब्यमा तीन वटा उडान संख्या थपेर दैनिक ३५ वटा पुर्‍याएको कम्पनीका प्रवक्ता रुपेश जोशीले बताए। 'विगतका वर्षहरुमा जस्तो सीटै नपाइने अवस्था छैन। तुम्लिङटार बाहेक अरु गन्तब्यमा यात्रुले सहजै सीट पाउन सक्ने अवस्था छ। पर्यटक नभएका कारण माउन्टेन फ्लाइट र पोखरामा हुँदै आएको उडान भने घटेको छ,' जोशीले बिजमाण्डूसँग भने।

उनका अनुसार विगतका वर्षमा यही समय बुद्धले दैनिक ५० वटा उडान गर्दै आएको थियो। पछिल्लो समय काठमाडौंबाट हुने उडानमा ९० प्रतिशत अकुपेन्सी र काठमाडौं आउँदा ७० प्रतिशत माथि अकुपेन्सी कायम छ। यस्तै यती एयरलाइन्सले पनि दसैंका लागि थप पाँच उडान थप्ने भएको छ। यतीले अहिले दैनिक १९ उडान गर्दै आएको छ। यात्रुको माग अनुसार दैनिक २४ उडान गर्ने तयारी भइरहेको कम्पनीका एभिएसन सेक्युरिटी म्यानेजर सुदर्शन बर्तौलाले जानकारी दिए।

यतीले यात्रुको चाप बढेसँगै पोखरा र विराटनगर लगायतका गन्तब्यमा उडान संख्या थपिसकेको उनले जानकारी दिए। काठमाडौंबाट हुने उडानमा मात्र ९० प्रतिशत अकुपेन्सी छ। उताबाट आउने यात्रु अकुपेन्सी ६० प्रतिशत माथि कायम रहेको उनले बताए। 'यो समयमा अतिआवश्यक काम बाहेक काठमाडौं आउने यात्रु कम छन्। घटस्थापनापछि दुई तर्फी यात्रुको सहभागिता उल्लेख्य रुपमा हुने देखिन्छ,' उनले भने, 'अब घटस्थापनादेखि सरकारी, गैरसरकारी क्षेत्रमा  काम गर्दै आएका सर्वसाधारणले यात्रा गर्ने विश्वास लिएका छौं।' गत वर्ष दसैंमा कम्पनीले दैनिक ३० वटासम्म उडान गर्दै आएको थियो।

यात्रु कम भएपछि श्री एयरलाइन्सले भैरहवा उडान बन्द गरेको छ। पछिल्लो समय विराटनगर र भद्रपुरमा दैनिक दुई उडान गर्दै आएको श्रीले यात्रु नपाएपछि एउटा मात्रै उडान गर्ने कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। कम्पनीले धनगढी र नेपालगञ्ज उडान भने यथावत राखेको छ। यी दुई गन्तब्यमा कम्पनीले दैनिक दुई उडान गर्दै आएको छ।

'विगत वर्षमा जस्तो काठमाडौंबाट बाहिर जाने यात्रु छैनन्। उताबाट आउँदा कम यात्रु लिएर आउनुपर्ने बाध्यता त स्वभाविकै हो। यताबाट जाने यात्रुको संख्या अधिकतम ८० प्रतिशत माथि छ। तर कतिपय ठाउँमा हामीले तत्कालका लागि उडान बन्द गर्न बाध्य भएका छौं,' प्रवक्ता अनिल मानन्धरले भने।

सौर्य एयरलाइन्सले भने मंगलबारबाट मात्रै नियमित उडान सुचारु गर्ने योजना रहेको जनाएको छ। 'हामीले सरकारले तयार पारेको निर्देशिका अनुसार यात्रु र कर्मचारी लक्षित स्वास्थ्य सुरक्षा अवलम्बन तयारी गरिसकेका छौं। आउँदो २० तारिखदेखि नियमित उडान गर्ने योजनामा छौं,' प्रवक्ता मुकेश शर्माले भने।
 

बढ्यो हवाई भाडा

हवाई यात्रुको माग बढेसँगै  धनगढीको न्यूनतम हवाई भाडादर झण्डै २८ सय रुपैयाँले बढेको छ। यसैगरी जनकपुरको न्यूनतम भाडादर पनि १२ सय ९० रुपैयाँले बढेको छ।

यस्तो छ पाँच गन्तब्यका लागि निर्धारण भएको भाडादर

गन्तव्य

न्यूनतम हवाई भाडादर

अधिकतम हवाई भाडादर

उडान गर्ने वायुसेवा कम्पनी 

काठमाडौंधनगढी

,२५०

११,२५५

बुद्ध, श्री

काठमाडौविराटनगर

,०००

,६५५

बुद्ध, श्री, यती

काठमाडौंपोखरा

,०००

,१५५

बुद्ध, यती

काठमाडौंजनकपुर

,६०५

,००५

बुद्ध, श्री, यती

काठमाडौंभैरहवा

,८००

,८५५

बुद्ध, यती

चार दिन अगाडिको न्यूनतम हवाई भाडा

गन्तब्य

हवाई भाडादर 'रुपैयाँ'

काठमाडौंधनगढी

५५२०

काठमाडौंविराटनगर

४०००

काठमाडौपोखरा

२२००

काठमाडौजनकपुर

३३०५

काठमाडौंभैरहवा

३०००