BIZMANDU
www.bizmandu.com

सामसङ २०२० संस्करणको क्युलेड टिभीको अग्रिम बुकिङ खुला, मूल्य ५ लाख ८० हजार रुपैयाँ

२०७७ असोज ३०

सामसङ २०२० संस्करणको क्युलेड टिभीको अग्रिम बुकिङ खुला,  मूल्य ५ लाख ८० हजार रुपैयाँ
सामसङ २०२० संस्करणको क्युलेड टिभीको अग्रिम बुकिङ खुला, मूल्य ५ लाख ८० हजार रुपैयाँ

Tata
GBIME

काठमाडौं। सामसङ इलेक्ट्रोनिक्सले २०२० को क्युलेड टिभीको अग्रिम बुकिङ खुला गरेको छ। रियल कलर पिक्चर र अर्बौं सेड्स क्षमतायुक्त टिभीको बुकिङ खुला गरेको हो। बुकिङ गर्ने ग्राहकले आकर्षक उपहारसहित स्मार्टफोन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

ग्राहकले न्यूनतम १० हजार रुपैयाँमार्फत यो टिभीको  बुकिङ गर्ने सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार क्युलेड सिरीजअन्तर्गत ८५ इन्च टिभीको नेपाली बजार मूल्य पाँच लाख ८० हजार ६ सय ८३ रुपैयाँ छ भने ७५ इन्च टिभीको नेपाली बजार मूल्य ४ लाख ४२ हजार ४ सय २५ रुपैयाँ रहेको छ।   

८५ इन्च र ७५  इन्चको टिभी खरिद गर्ने ग्राहकले क्रमशः सामसङ ग्यालेक्सी नोट-१० लाइट र सामसङ ग्यालेक्सी ए-७१ स्मार्ट फोन उपहार पाउनेछन्। उच्च ब्राइटनेससँगै उत्कृष्ट कलर क्षमता रहेको यो टिभीमा क्वान्टम डट्ससहित शतप्रतिशत कलर भोलुम रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार १० वर्ष 'नो स्क्रीन बर्न इन वारेन्टी' मार्फत प्रयोगकर्ताले वर्षौंसम्म उही ब्राइटनेस र कलर क्षमताको अनुभव गर्न सक्नेछन्। यो टिभीमार्फत प्रयोगकर्ताले एउटै स्क्रीनमा एकैपटक टिभी हेर्न र मोबाइल मिरर गर्न सक्ने कम्पनीले जनाएको छ।टिभीमा थ्रीडी सिनेम्याटिक साउण्ड, अब्जेक्ट ट्रयाकिङ साउण्ड(ओटिसी), रियल गेमिङ इनह्यान्सर, मल्टी भ्वाइस एसिस्टेन्ट लगायतका सुविधा जडान गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार यो टिभी खरिद गर्दा ग्राहकले दुई वर्षको वारेन्टी(एक वर्षको फूल प्रोडक्ट वारेन्टी तथा एक वर्ष प्यानलमा), निःशुल्क जडान लगायत सुविधा लिन सक्नेछन्।