BIZMANDU
www.bizmandu.com

कृषिमन्त्रीले भने-‘अहिलेकै व्यवस्थामा शिव र ब्रम्हाजीले पनि पाँच लाख टन मल ल्याउन सक्दैनन्’

२०७७ असोज ३०

Tata
GBIME
Nepal Life

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँच लाख टन मल ल्याउन नसक्ने बताएका छन्।

शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। कोलकाता बन्दरगाहबाट मल ल्याउनका लागि डेडिकेटेड रेल आवश्यक रहेको उनले बताए। ‘पाँच लाख टन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रम्हाजी आए भने पनि सक्दैनन्। त्यो मल ल्याउन दैनिक एउटा ट्रेन नेपाललाई डेडिकेटेड हुनुपर्छ,’ उनले भने।

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको बताए। कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने उनको भनाइ थियो। किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने बाहेक केही गर्न नसकेको भुसालले बताए।