BIZMANDU
www.bizmandu.com

सानिमा जनरल इन्स्योरेन्सको सेयरमा तपाइँ कति भाग्यमानी? तपाइँलाई पर्‍यो कि परेन सेयर?

२०७७ असोज ३०

तपाइँलाई पर्‍यो कि परेन हेर्न यहाँ क्लिक गर्नुस्

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। 

आवेदकमध्ये २ लाख ७३ हजार जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन्। कम्पनीले सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्री गरेको हो। उक्त सेयरमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

बाँकी रहेको ८ लाख ६३ हजार ५४५ योग्य आवेदकमध्येबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ताको लागि आवेदन परेको थियो। क्यापिटलले उक्त योग्य आवेदनलाई गोलाप्रथाद्धारा बाँडफाँट गरेको छ।

आवेदकमध्ये ५ लाख ९० हजार ५४५ जनाको हात खाली भएको छ। कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका हुन्। 

तपाइँलाई पर्‍यो कि परेन हेर्न यहाँ क्लिक गर्नुस्