BIZMANDU
www.bizmandu.com

सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, शुक्रबार तोलाको ९५ हजार ९ सय, चाँदीको मूल्य स्थिर 

२०७७ असोज ३०

सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, शुक्रबार तोलाको ९५ हजार ९ सय, चाँदीको मूल्य स्थिर 
सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, शुक्रबार तोलाको ९५ हजार ९ सय, चाँदीको मूल्य स्थिर 

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको मूल्य शुक्रबार थोरैले बढेको छ। अघिल्लो दिनको भन्दा ४ सय रुपैयाँले बढेर कारोबार मूल्य ९४ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पहिलो दिन गत आइतबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको थियो । बुधबार पुनः तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँ प्रतितोला भएको थियो। बिहीबार स्थिर रहेको मूल्य शुक्रवार तोलामा ४ सय रुपैयाँले बढेको छ। एक सातामा सुन तोलामा ७ सय रुपैयाँले घटेको छ।

शुक्रवार चाँदीको मूल्य भने स्थिर छ। बिहीबार तोलाको एक हजार २ सय रुपैयाँ भएको चाँदी शुक्रबार घटबढ भएको छैन। गत आइतबार तोलाको एक हजार २ सय ३५ रुपैयाँ रहेको चाँदी सोमबार १० रुपैयाँले बढेर एक हजार २ सय ४५ रुपैयाँ भएको थियो।

क्रमिक रूपमा बढेको चाँदीको मूल्य मंगलबार तोलामा २० रुपैयाँले घटेर एक हजार २सय २५ रुपैयाँ भएको थियो। बुधबार पुनः तोलामा २० रुपैयाँले घटेर एक हजार २ सय ५ रुपैयाँमा भएको चाँदी लगातार बिहीबार घटेर  तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी एक सातामा तोलाको ४५ रुपैयाँले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य उतारचढाव जारी छ। शुक्रबार बिहान सुन प्रतिऔंस १९०५.०६ डलर र चाँदी २३.२३ डलरमा कारोबार भएको छ।