BIZMANDU
www.bizmandu.com

प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर बेच्दै, निकाल्यो लिलामी सूचना

२०७७ असोज ३०

प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर बेच्दै, निकाल्यो लिलामी सूचना
प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर बेच्दै, निकाल्यो लिलामी सूचना

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको छ। कम्पनीले असोज ३० देखि कात्तिक १४ गतेसम्म लिलामीमा बिक्री गर्न आवेदन माग गरेको छ। 

कम्पनीले लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९७५ रुपैयाँ तोकेको छ। आवेदकहरुले सो मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सक्नेछन्। लिलामी सेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउने कम्पनीले जनाएको छ। 

लिलामीबाट सेयर खरिद गर्न चाहनेले न्यूनतम एक सय कित्ताका लागि आवेदन सक्ने छन् भने अधिकतममा सबै कित्ता सेयरका लागि पनि आवेदन गर्न सक्नेछन्। कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ।

लिलामीमा आवेदकहरुले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को केन्द्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन्।