BIZMANDU
www.bizmandu.com

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण, विश्व बैंकसँग ऋण स्वीकार्ने निर्णय

२०७७ असोज २९

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण, विश्व बैंकसँग ऋण स्वीकार्ने निर्णय
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण, विश्व बैंकसँग ऋण स्वीकार्ने निर्णय


Tata
GBIME
Nepal Life

काठमाडौं। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएसँगै मन्त्री पौडेलले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका हुन्।

मन्त्री पौडेलको स्वागतमा अर्थसचिव शिशिरकुमार ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनीलगायत उपस्थित थिए। कोरोना भाइरस संक्रमणको सतर्कताका कारण मन्त्रीको स्वागतार्थ थोरै कर्मचारीको मात्रै उपस्थिति थियो। मन्त्रालयका सचिव ढुंगाना र राजस्व सचिव पुडासैनीले पुष्प गुच्छाले स्वागत गरेका थिए।

पदभार ग्रहणपछि मन्त्री पौडेलले कर्मचारीहरुसँग छलफल गरिरहेका छन्।  

पौडेलले कर्मचारीसँग अर्थतन्त्रका बारेमा ब्रिफिङ लिएका छन्। उनले विश्व बैंकसँग ऋण लिने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्।

कोभिडका कारणले मन्त्रीलाई अन्य कर्मचारी कसैले पनि पुष्प गुच्छा दिएनन्। टिका, माला र खादा पनि लगाइदिएनन्।