BIZMANDU
www.bizmandu.com

दरबारमार्गको ब्राण्डेड शपमा लाग्यो दसैं, सबै पसलले ल्याए सेल अफर, न्यू अराइभलमा पनि २५% छुट


दरबारमार्गको ब्राण्डेड शपमा लाग्यो दसैं, सबै पसलले ल्याए सेल अफर, न्यू अराइभलमा पनि २५% छुट
दरबारमार्गको ब्राण्डेड शपमा लाग्यो दसैं, सबै पसलले ल्याए सेल अफर, न्यू अराइभलमा पनि २५% छुट


Tata
GBIME
Nepal Life

काठमाडौ। दरबारमार्गको ब्राण्डेड शपको वाहिर सेलको स्टीकर टाँसिएका छन्। हरेक वर्षको दसैंजस्तै विभिन्न ब्राण्डका पसलमा ५० प्रतिशत छुटमा सामान बिक्रीका लागि राखिएको छ। ती पसलले आकर्षक छुटसहित ग्राहकको पर्खाइमा छन्।

तर यो पटक दरबारमार्ग सुनसान छ। कोभिड-१९ को महामारीका कारण दरबारमार्गको ब्राण्डेड शप सुनसान बनेका हुन्। विगतका वर्षमा त्यही पसलमा सेल लाग्दा खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो।

रिबोक, एडिडास, लिभाइज, विइङ ह्युमन, स्केचर्स, सिटी वाक, बेन्ट्ले लगायत विभिन्न ब्राण्डेड आउटलेटमा यो पटक फूटफल ८० प्रतिशतले घटेको व्यवसायीले बताएका छन्। अघिल्ला वर्षमा जुलाइ-अगस्टमै स्टक क्लियरेन्सको सेल अफर लाग्थ्यो। तर यो पटक कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञाले सेल ढिला भयो।

लकडाउनका कारण स्टक क्लियरेन्स र फेस्टिभ अफर अन्तर्गतको दुवै सेल अफर एकैपटक ल्याउनु परेको व्यवसायीले बताएका छन्। लिभाइज, एडिडास, रिबोक, स्केचर्स, सिटी वाक, स्निकर्स, बीङ ह्युमन लगायत आउटलेटले नयाँ संस्करणका जुत्ता, टिसर्ट र पेन्ट लगायत आइसकेको छ।

'न्यू अराइभल' भएका आउटलेटहरूले ५ प्रतिशत देखि २५ प्रतिशत सम्मको छुटको अफर राखेका छन्। लिभाइज, रिबोक, एडिडास लगायत ब्राण्डको आधिकारिक बिक्रेता लेबल्स आकर्षक सेल अफर ल्याएको छ। कम्पनीले लिभाइजको न्यू अराइभलमा जिन्स पहिरनमा १० प्रतिशत छुटको व्यवस्था र अन्यमा ३० प्रतिशत सम्म छुटको आकर्षक सेल अफर ल्याएको छ।

कम्पनीका अनुसार एडिडास र रिबोकको जुत्तामा १० प्रतिशत र २० प्रतिशत छुटको दिएको छ। बीङ ह्युमनले विभिन्न कपडामा १५ देखि ५० प्रतिशतसम्मको छुट दिँदै आएको छ। कोभिड-१९ का कारण ग्राहकको घटेको कम्पनीका कन्ट्री मेनेजर कृष्ण लामगादेले बताए। उनका अनुसार न्यू अराइभल सामानका लागि आउटलेटले मेम्बरसिप लिएका ग्राहकलाई विशेष छुट र नर्मल ग्राहकका लागि पाँच प्रतिशत छुटको व्यवस्था छ।

'विगतका वर्षहरुमा जस्तो ग्राहकको चहलपहल छैन। सप्लाइ चेनमै प्रभाव परेका कारण सहजै नयाँ सामान पनि ल्याउन सकिएको अवस्था छैन। तैपनि बन्दाबन्दी खुकुलो भएसँगै नियमित रूपमा आउटलेट संचालन गर्दै आएका छौं,' उनले भने।

कोभिडका कारण व्यवसायमा धेरै परिवर्तन भएको स्केचर्स नेपालले जनाएको छ। न्यू अराइभल सामाग्रीमा २५ प्रतिशत र अन्य सामाग्रीमा ४० प्रतिशतसम्म छुट राखेको आउटलेटमा विगतका वर्षमा जस्तो ग्राहक चहलपहल नभएको कम्पनीका एक संचालकले बताए। 'अहिले ग्राहकको मुभमेन्ट नै कम छ। विगतका वर्षमा यो समय दिउँसोदेखि राति ८ बजेसम्म पनि खचाखच भीड हुने गर्थ्यो । तर अहिले दिउँसो ३ बजेदेखि एक डेढ घण्टा फाट्टफुट्ट ग्राहकहरू आउनुभएको छ,’ उनले भने।  

उनका अनुसार न्यूनतम सात हजारदेखि १० हजार रुपेयाँसम्मका स्केचर्सका जुत्ता बिक्रीमा छन्। एक महिना अगाडि संचालनमा आएको स्निकर्स स्टोरले न्यू अराइभल सामाग्रीमा २५ प्रतिशत छुट राख्दा पनि उल्लेख्य रूपमा ग्राहक नभएको जनाएको छ। ५५ सय रुपैयाँदेखि सात हजार पाँच सयसम्मको जुत्ता बिक्री गर्दै आएको आउटलेटमा दिउँसो केहीबेरमात्र ग्राहक आउने गरेका छन्।

दसैंतिहारका लागि २० देखि ५० प्रतिशतसम्म छुट योजना ल्याएपनि ग्राहक नआएको जनाएको छ। विगतका वर्षको तुलनामा सिटीवाकले सेलमा ८० प्रतिशतले ग्राहक घटेको जनाएको छ। न्यूनतम २० देखि अधिकतम ५० प्रतिशतसम्म छुटको अफर सार्वजनिक गरेको आउटलेटमा महिलाको एक हजार रुपैयाँदेखि चार हजार सम्मका जुत्ताचप्पल बिक्रीमा छ भने पुरुषका २५ सयदेखि आठ हजार रुपैयाँसम्मका जुत्ताचप्पल राखिएका छन्।

यसैगरी अधिकतम ७० प्रतिशतसम्म छुटको आयोजना लागू गरेको एन्टाले न्यू अराइभल सामाग्रीमा १० देखि ३० प्रतिशतसम्म छुटको अफर ल्याएको छ।