BIZMANDU
www.bizmandu.com

हिमालयन फ्रेस ब्राण्डको मनाङको स्याउ काठमाडौं आइपुग्यो, किलोको दुई सय रुपैयाँ

२०७७ असोज २८

हिमालयन फ्रेस ब्राण्डको मनाङको स्याउ काठमाडौं आइपुग्यो, किलोको दुई सय रुपैयाँ
हिमालयन फ्रेस ब्राण्डको मनाङको स्याउ काठमाडौं आइपुग्यो, किलोको दुई सय रुपैयाँ

Tata
GBIME
Nepal Life

काठमाडौं। मनाङको स्याउ काठमाडौँ आइपुगेको छ। मनाङको भर्ताङमा रहेको एग्रो मनाङले उत्पादन गरेको स्याउ काठमाडौं आइपुगेको हो।

यो फार्म मनाङका सांसद पोल्देन छोपाङ गुरुङको हो। यो फार्ममा दुई वर्ष अघि प्रधानमन्त्री केपीशर्मा ओली समेत पुगेर अवलोकन गरेका थिए। ३० करोड लगानीमा सुरु भएको यो स्याउ फार्म ७३५ रोपनी क्षेत्रफलमा फैलिएको छ।हिमालयन फ्रेस’ ब्राण्डको स्याउको एकमात्र आधिकारिक बिक्रेता जिके एण्ड सन्स एग्रोले सोमबार पहिलो खेप काठमाडौँ ल्याएको हो।

सीता पाइलास्थित कोल्ड स्टोरमा राखेर बुधबारबाट स्याउ बिक्री थालिने कम्पनीका कार्यकारी निर्देशक गणेश चालिसेले जानकारी दिए। तीन हजार मिटर उचाईमा उत्पादन भएको अर्गानिक स्याउ भएकोले स्वादिलो हुने उनले जिकिर गरे। उनका अनुसार भाटभटेनीलगायत डिपार्टमेन्ट स्टोर र ठूलो अर्गानिक पसलहरुले स्याउ बेच्नेछन्।

चालिसेले कोरोना संक्रमणका कारण होम डेलिभरीको सेवा समेत रहेको बताए। उनका अनुसार २० किलोको एक बक्सा लिनेले दुई सय रुपैयाँ किलो पाइनेछ। ‘हामीले सीतापाइला आएर एक बक्सा किन्नेलाई २ सय रुपैयाँमा बेचिरहेका छौं,’उनले बिजमाण्डूसँग भने, ‘होम डेलिभरि पठाओबाट गरिरहेका छौं। त्यसमा अतिरिक्त पठाओले लिने शुल्क जोडिनेछ।’

एग्रो मनाङ नेपालकै ठूलो र आधुनिक स्याउ फार्म हो। ग्रेडिङ गरिएको स्याउ विदेशी स्याउभन्दा सस्तो र स्वादिलो भएको कम्पनीले दाबी गरेको छ।