BIZMANDU
www.bizmandu.com

क्लासिक लिजेन्ड्सको जावा बाइक सार्वजनिक, मूल्य ६ लाख २० हजार रुपैयाँबाट सुरु

२०७७ असोज २७

क्लासिक लिजेन्ड्सको जावा बाइक सार्वजनिक, मूल्य ६ लाख २० हजार रुपैयाँबाट सुरु
क्लासिक लिजेन्ड्सको जावा बाइक सार्वजनिक, मूल्य ६ लाख २० हजार रुपैयाँबाट सुरु

Tata
GBIME
Nepal Life

काठमाडौं। क्लासिक लिजेन्ड्सको बहुप्रतिक्षित बाइक जावाको नेपालमा बिक्री सुरु भएको छ। जावा बाइकको नेपालको आधिकारिक बिक्रेता अग्नि मोटो इंकले बिक्री सुरु गरेको हो।

यो कम्पनी महिन्द्रा टु ह्वीलर्स एण्ड जेनेरेटर्सको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी हो। ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले बाइकको अनावरण गरे।

कम्पनीले जावा सिंगल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५ सय रुपैयाँ र जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ। कम्पनीका अनुसार  जावा–फोर्टी टु सिंगल च्यानल एबीएस र जावा–फोर्टी टु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः  ६ लाख २० हजार रुपैयाँ र ६ लाख ४८ हजार रुपैयाँ मूल्य तोकिएको छ।

जावा ब्ल्याक, मरुन र ग्रे कलरमा उपलब्ध छ। जावा फोर्टी टु ६ रंगका भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुलाब्लु कलरमा छ।

प्रबन्ध निर्देशक श्रेष्ठले लामो समयको प्रतीक्षापछि जावा नेपालमा बिक्री सुरु भएको बताउँदै क्लासिक बाइकले नेपाली उपभोक्ताले रुचाउने बताए। यो बाइक काठमाडौंको उत्तरढोका र टेकुमा शोरुममा जावा बाइक पाइनेछ। कम्पनीले देशैभरि शाखा र डिलर स्थापना गर्ने जनाएको छ।