BIZMANDU
www.bizmandu.com

क्लासिक टेकका ग्राहकलाई दसैंको अवसरमा साढे पाँच हजारको छुट, रेफर गरे दुई महिना इन्टरनेट सित्तै

२०७७ असोज २६

क्लासिक टेकका ग्राहकलाई दसैंको अवसरमा साढे पाँच हजारको छुट, रेफर गरे दुई महिना इन्टरनेट सित्तै
क्लासिक टेकका ग्राहकलाई दसैंको अवसरमा साढे पाँच हजारको छुट, रेफर गरे दुई महिना इन्टरनेट सित्तै

काठमाडौं। क्लासिक टेकले दसैंको अवसर पारेर साढे पाँच हजार रुपैयाँसम्मको भारी छुट दिने अफर ल्याएको छ। अफर अन्तर्गत  कम्पनीले इन्टरनेट सेवाको रिचार्ज र बोनस गरेर साढे पाँच हजार रुपैयाँ मूल्य बराबरको छुट उपलब्ध गराउने कम्पनीले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका हालका ग्राहकले एक वर्षसम्मको इन्टरनेट सेवा रिचार्ज गरेमा साढे पाँच हजार रुपैयाँ र ६ महिनाको इन्टरनेट सेवा रिचार्ज गरेमा दुई हजार आठ सय रुपैयाँ  बराबरको छुट पाउने कम्पनीले जनाएको छ।

कम्पनीले पुराना ग्राहकका लागि नयाँ रेफर अफर समेत सार्वजनिक गरेको छ। यसअनुसार ग्राहकले क्लासिक टेकको मोबाइल एपमा गएर रेफर क्लिक गरेमा एक वर्षको सब्सक्रिप्सनमा दुई महिनाको बोनस इन्टरनेट र आईपी टिभी सेवा निःशुल्क पाइनेछ भने ६ महिनाको सब्सक्रिप्सनको साथमा एक महिनाको बोनस इन्टरनेट सेवा र आईपी टिभी निःशुल्क दिने घोषणा पनि गरेको छ।

क्लासिक टेकको  यो योजना नेपालभर रहेका क्लासिक टेकका ग्राहकका  लागि उपलब्ध हुने कम्पनीका  प्रमुख सेल्स र मार्केटिङ अफिसर विनय अधिकारीले जानकारी दिए। यो अफरमार्फत ग्राहकलाई उच्च गुणस्तरको इन्टरनेट सेवा दिन कम्पनी आक्रामकरूपमा अगाडि बढ्ने समेत उनले बताए।