BIZMANDU
www.bizmandu.com

जन्म र मृत्युमा ढुवानी रकमसहित २० किलो चामल, कर्णालीका पाँच जिल्लामा यो चलनले पनि राहत

२०७७ असोज २४

जन्म र मृत्युमा ढुवानी रकमसहित २० किलो चामल, कर्णालीका पाँच जिल्लामा यो चलनले पनि राहत
जन्म र मृत्युमा ढुवानी रकमसहित २० किलो चामल, कर्णालीका पाँच जिल्लामा यो चलनले पनि राहत


खलंगा। जन्म र मृत्युको बेला दिइने २० किलो चामलको चलन जुम्लामा प्रभावकारी देखिएको छ । साबिकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिने गरेको छ ।     
     
हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले केही राहतको महसुस भएको तिला गाउँपालिका–१ धनराज रावतले बताए । गत आर्थिक वर्षको साउनसम्म आठ स्तानीयतहबाट सन्तान प्राप्तिको जन्मदर्तासहित आएका १ सय १४ जनाले चामल पाए । परिवारका सदस्यको मृत्यु भएका ४२ जनालाई पनि चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय जुम्लाका प्रमुख तिलक सुनारले बताए ।     
     
 आव २०७६/७७ मा जन्म भएको अवसरमा प्रदान गरिने चामल १ सय १ जनालाई र मृत्यु भएका ६ परिवारलाई चामल वितरण गरेको जानकारी उनले दिए।      
     
खाद्यको जुम्ला कार्यालयबाट मृत्यु र जन्मका अवसरमा गत आव ३ सय ३८ र चालु आव १सय ७ जनालाई तीन लाख ९८ हजार ३ सय ६० रूपैयाँ पनि वितरण गरिएको छ । उक्त चामल ढुवानीका लागि एक लाख ५८ हजार ८ सय रूपैयाँ दिएको शाखाले जनाएको छ ।     
     
सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि खाद्य कम्पनी जुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ । कार्यक्रमअन्तर्गत चन्दननाथ नगरपालिका आसपासका गाउँका स्थानीय बासिन्दालाई ५०० रूपैयाँ दिइएको छ भने तिला, सिञ्जा, हिमा र कनकासुन्दरी बासिन्दालाई एक हजार रूपैयाँ भुक्तानी गर्दै आएको खाद्य कम्पनी शाखा जुम्लाले जनाएको छ ।     

Tata
GBIME
Nepal Life