BIZMANDU
www.bizmandu.com

वालेटमार्फत राजस्व भुक्तानीको शुल्क निर्धारण, ३० रुपैयाँसम्म लाग्ने, पुससम्म निःशुल्क

२०७७ असोज २३

वालेटमार्फत राजस्व भुक्तानीको शुल्क निर्धारण, ३० रुपैयाँसम्म लाग्ने, पुससम्म निःशुल्क
वालेटमार्फत राजस्व भुक्तानीको शुल्क निर्धारण, ३० रुपैयाँसम्म लाग्ने, पुससम्म निःशुल्क


Tata
GBIME
Nepal Life

काठमाडौं। भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका डिजिटल वालेटमार्फत सरकारी कोषमा राजस्व दाखिला गर्दा सेवाग्राहीलाई लाग्ने शुल्क निर्धारण भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै शुल्क निर्धारण गरेको हो। 

वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी ब्यवस्थामा राजस्व भुक्तानी शुल्क थप गरिएको हो। 

सरकारलाई बुझाउने राजस्वको दर अनुसार ५ देखि ३० रुपैयाँसम्म शुल्क लाग्ने छ। यद्यपि यो ब्यवस्था भने माघ १ गतेबाट मात्र लागू हुनेछ। 

राष्ट्र बैंकले कोभिडका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै करदाताका लागि पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क गर्न भनेको छ।