BIZMANDU
www.bizmandu.com

६ महिनापछि याक एण्ड यतीको स्पाइस रुम संचालनमा, साँझ ५ बजेदेखि राती १० बजेसम्म खुल्ने

२०७७ असोज २१

६ महिनापछि याक एण्ड यतीको स्पाइस रुम संचालनमा, साँझ ५ बजेदेखि राती १० बजेसम्म खुल्ने
६ महिनापछि याक एण्ड यतीको स्पाइस रुम संचालनमा, साँझ ५ बजेदेखि राती १० बजेसम्म खुल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। दरबारमार्गमा रहेको पाँच तारे होटल याक एण्ड यतीले बुधबारदेखि आफ्नो इण्डियन फाइन डाइनिङ रेष्टुरेन्ट 'स्पाइस रुम' संचालनमा ल्याएको छ।

कर्मचारी र पाहुनाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दे ५० प्रतिशत क्षमतामा रेष्टुरेन्ट संचालन गरेको होटलका बजार प्रबन्धक सागरचन्द्र बान्तवा राईले बताए। 'सर्वसाधारणमा अहिलेको मुख्य चिन्ता स्वास्थ्यमै छ। यही कुरालाई मध्यनजर गर्दे सरकारले र होटलले जारी गरेको हेल्थ प्रोटोकल अनुसार पाहुनाका लागि रेष्टुरेन्टको सेवा सुचारु गरेका हौं,' उनले भने।

एक सय २० जनाको क्षमताको स्पाइस रुममा होटलले सामाजिक दुरी कायम गर्दै ६० जनालाई सेवा दिने बनाएको छ। उनका अनुसार पाहुनाले साँझ ५ बजेदेखि राती १० बजेसम्म स्पाइस रुममा खानपिनको सेवा लिन सक्नेछन्। सरकारले अक्टोबर १७ तारिखदेखि विदेशी पर्यटकलाई नेपाल आउने दिने निर्णय गरेको छ।

विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई सेवा दिन पनि तयार रहेको उनले बताए। होटलले हेल्थ प्रोटोकल पालना गर्दै सानो सभा, बैठक संचालन सेवा दिन सुरु गरिसकेको उनले जानकारी दिए।