BIZMANDU
www.bizmandu.com

भारतमा दुई कम्पनीहरु रिटेल वारमा, अम्बानीको रिलायन्सलाई टक्कर दिन टाटा कसरी ‘मुभ’ गर्ला?

२०७७ असोज १९

भारतमा दुई कम्पनीहरु रिटेल वारमा, अम्बानीको रिलायन्सलाई टक्कर दिन टाटा कसरी ‘मुभ’ गर्ला?
भारतमा दुई कम्पनीहरु रिटेल वारमा, अम्बानीको रिलायन्सलाई टक्कर दिन टाटा कसरी ‘मुभ’ गर्ला?

Tata
GBIME
Nepal Life

चीनमा ज्याक मा र पोनी माले इन्टरनेट बिजनेसमार्फत चीनको मुख्य बजारमाथि जसरी नियन्त्रणमा लिएका छन्। भारतमा पनि दुई कम्पनी १.३ अर्ब भारतीयको डेटामाथि नियन्त्रणका लागि लडाइमा छन्। ती दुई कम्पनी हुन् रिलायन्स र टाटा।

हालै टाटा ग्रुपले वालमार्टसँग 'सुपर एप'को लागि सहकार्य गर्न कुराकानी अघि बढाएको खबर सार्वजनिक भएको छ। यसमा वालमार्टले २५ अर्ब डलरसम्म लगानी गर्ने बताइएको छ। सुपर एप यस्तो मल्टिपर्पस प्लाटफर्म हो, जसमा फेसन लाइफ स्टाइल, इलेक्ट्रोनिक्स, खाना तथा ग्रोसरी लगायत बीमा र वित्तीय सुविधाहरु एकै ठाउँमा उपलब्ध हुनेछन्।

टाटा ग्रुपले रिटेल सेक्टरमा ठूलो लगानीका साथ सन् २०२० को अन्त्यसम्ममा प्रस्तावित सुपर एप लञ्च गर्ने तयारी गरेको छ। जसका लागि वालमार्ट इंकले टाटा ग्रुपमा २५ अर्ब डलर लगानी गर्ने तयारी भइरहेको हो। सुपर एप टाटा ग्रुप तथा वालमार्टको ज्वाइन्ट भेन्चर हुने तथा यसको माध्यमबाट टाटाले रिटेल बिजनेस फ्लिपकार्ट तथा वालमार्ट इ कमर्सबीच अझ बढी सिनर्जी ल्याउने विश्वास गरिएको छ।

यस्तो किसिमको सुपर एप चीन तथा दक्षिणपूर्वी एशियामा सफल भइसकेको छ। ज्याक माको अलिबाबा ग्रुप होल्डिङ प्रालिको आफ्नै अलि पे वालेट छ।

पोनी माको टिनसेन्ट होल्डिङसँग वि च्याट छ, यस्तै म्यासेजिङ सर्भिस र वि च्याट पे पनि छ। दक्षिण पूर्वी एशियामा अनलाइन पेमेन्ट सुस्त भए पनि यसको भविष्य भने राम्रो देखिएको छ। यसमा बिस्तारै प्रयोगकर्ताहरु बढाउँदै लैजान सकिन्छ।

सन् २०२१ को सुरुमा लञ्च गर्न लागिएको यो एपबाट टाटा कन्जुमरको अलग अलग ब्यापार एउटै च्यानलबाट उपलब्ध हुनेछ। टाटा कन्जुमर अन्तर्गत टाइटान, टाटा ट्रेट जस्ता ब्राण्डहरु छन्।

हाल भारतको रिटेल सेक्टर तीव्र विकास भइरहेको छ, जहाँ वालमार्टको फ्लिपकार्ट र अमेजनको जियोमार्टले एक अर्कालाई निकै टक्कर दिइरहेका छन्।

हाल टाटा सन्स प्राइभेट लिमिटेडले आफ्नो नयाँ वित्तीय तथा रणनीतिक साझेदार खोजिरहेको छ। ११३ अर्ब डलरको होल्डिङ कम्पनी टाटा कफीदेखि कारसम्मको व्यापार साम्राज्यलाई अझ बिस्तारित रूपमा अघि बढाउन चाहिरहेको छ।

त्यस्तै भारतमा मुकेश अम्बानी जसले यसै वर्षमात्रै २० अर्ब डलरको लगानी फेसबुक, अल्फाबेट, सिल्भर लेक तथा अन्य समूहहरुबाट संकलन गरिसकेका छन्। उनी पनि आफ्नो रिटेल भेन्चरलाई अझ बढी मजबुत बनाउन अघि बढेका छन्।

एकातर्फ अम्बानी अर्कोतर्फ १५२ वर्ष पुरानो टाटा ग्रुप, जो अनलाइन प्लाटफर्ममा सुपर एपका लागि रणनीतिक साझेदार खोजिरहेको छ, जसलाई वालमार्टले साथ दिन सक्ने बलिया आधारहरु पनि प्रस्तुत भइरहेका छन्।

सुपर एप फेसन, लाइफस्टाइल, खाद्यान्न, ग्रोसरी, बीमा, वित्तीय सेवाका साथै डिजिटल कन्टेनहरुका साथै शिक्षा सम्बन्धी प्लाटफर्म हो जसकालागि टाटाको भावी योजना तीव्र रूपमा अघि सारेको छ।

भारतकै धनाढ्य ६३ वर्षका अम्बानीको रिटेल बिजनेसका लागि उनको फोरजी टेलिकम नेटवर्कका ४० करोड अनुमानित नियमित प्रयोगकर्ताहरु  छन्, जसलाई उनले फाइदाको बलियो आधारका रूपमा लिन सक्छन्।

अम्बानीसँग भारतकै सबैभन्दा ठूलो रिटेल चेन छ।

तर यदि अम्बानीले भारतको टिनसेन्ट बन्न चाहेमा ८२ वर्षका रतन टाटा पनि आफ्नो अलिबाबा लञ्च गर्ने महत्त्वाकांक्षा पाल्न सक्छन्।

टाटाको आफ्नै टेटली टि तथा ज्यागुअर ल्याण्ड रोभर कार ब्राण्ड छन् भने १०० भन्दा बढी ब्यापारहरुमा उनले हात फैलाएका छन्, जसको आफ्नै सप्लाइ चेन स्थापित भइसकेको छ।

टाटाले आफ्नो भेन्डरहरुमार्फत सामान बेच्न पोर्टल प्रदान गर्न सक्छन् भने त्यो उनका लागि त्यति अप्ठेरो विषय हुने छैन।  

यदि यसका लगि वालमार्टसँग सहकार्य हुने भएको खण्डमा फ्लिपकार्टजस्ता अमेरिकी रिटेलरहरु भारतीय इ-कमर्स वेबसाइटसम्म पनि सहजै पहुँच पाउछन् र यसको पेमेन्ट सर्भिस फोनपे पनि टाटाको पहुँचमा हुन्छ।

कन्जुमर बिजनेसमा अम्बानीको भन्दा बलियो अवस्था टाटाको देखिन्छ, तर उसका केही भेन्चर भने फ्लप भएका छन्।

जस्तै टाटाको महत्वाकांक्षी विश्वकै सबैभन्दा सस्तो कार नानो फ्लप भएको थियो। यस्तै टाटाले अम्बानीको जियो फोरजी नेटवर्कको चुनौतीलाई पनि 'अण्डर इस्टिमेट' गर्न मिल्दैन।  

एयरलाइन्स सेक्टरमा टाटा हाल मजबुत अवस्थामा छैन। उसको ५१ प्रतिशत साझेदारी भएको लो कस्ट डोमेस्टिक एयरलाइन बन्द हुने अवस्थामा पुगेको छ।  यसलाई बचाउनका लागि  टाटाले मलेशियन उद्यमी टोनी फर्नान्डिजको एयर एशिया ग्रुपको ४९ प्रतिशत सेयर पनि किन्नुपर्ने हुन्छ। यदि टाटाले एयर इन्डिया किन्न चाहेमा थप लगानी आवश्यक पर्छ। एयर इन्डिया किन्न टाटाको लगाव देखिन्छ किनभने राष्ट्रिय ध्वजाबाहक हुनुअघि एयर इन्डिया टाटा ग्रुपकै सम्पत्ति थियो।  

अम्बानीले आफ्नो फ्ल्यागशिप रिलायन्स इन्डस्ट्रिज लिमिटेडको ऋण शून्यमा झार्ने र आफ्नो पेट्रोकेमिकल बिजनेस माथिको निर्भरतालाई कम गर्दै लैजाने योजनामा काम गरिरहेको छ। यसकै लागि हाल अम्बानी संघर्षरत छन्।

उता टाटाको स्टिल तथा अटोमोटिभ बिजनेसमा २ अर्ब डलरभन्दा बढी ऋण देखिन्छ। यसका साथै रतन टाटालाई सापुरजी पल्लोनजी ग्रुपको १८.४ प्रतिशत सेयर किन्नुपर्ने अवस्था आएको खण्डमा पनि अर्बौ डलर आवश्यक पर्छ। चार वर्ष अघिदेखि ग्रुप एसपि ग्रुपसँगको कानुनी लडाईमा पनि छ।  त्यसैले टाटा हाल नगद अभाव भोगिरहेको छ। हालको लागि टाटालाई सही लगानीकर्ता खोज्नु सबैभन्दा चुनौतीपूर्ण अवस्था पनि हो।

हालसम्म टाटाले सफ्टवेयर निर्यात ब्यापारमा आफूलाई बलियोसँग बाँधेर राखेको छ, जुन ब्यापारबाट धेरै लगानी नगरी नगद हात पर्छ। तर हाल क्लाइन्टहरु क्लाउड होस्टेड सर्भिसतर्फ मुभ गरिरहेको अवस्थामा टाटाला२ यसतर्फ नयाँ ग्रोथ इन्जिन तत्काल आवश्यक पर्ने देखिन्छ।

अब टाटाले हरेक कदम छिटो चाल्नुपर्ने देखिन्छ किनभने अल्फाबेटको गुगलले जियोका लागि सस्तो एन्ड्रोइड फोन निर्माणको लक्ष्य समेत राखेको छ। फेसबुकको ह्वाटस् एप  म्यासेजिङले जियो मार्टको पेमेन्ट ह्याण्डल गर्न सक्षम छ। जसबाट जियो उपभोक्ताहरु सजिलै रिलायन्सको भर्चुअल पसलहरुमा जोडिन सक्छन्।

हालको अवस्थामा भारतमा दुईवटा सुपर एपका लागि स्कोप पनि छ। भारतका अधिकांश प्रयोगकर्ता ५० डलरभन्दा कम मूल्यका स्मार्टफोनहरु प्रयोग गरिरहेको अवस्थामा त्यसमा भएको सीमित स्टोरेजले बृहद सेवासम्म पहुँच पाउन सक्दैन। त्यसकारण त्यो अवस्थाको फाइदा लिन टाटाको 'क्विक मुभ' आवश्यक देखिन्छ।