BIZMANDU
www.bizmandu.com

आइएमई पेको छलाङ, एप डाउनलोड गर्ने १० लाख पुगे, ३० लाख घरपरिवारसम्म पहुँच

२०७७ असोज १८

आइएमई पेको छलाङ, एप डाउनलोड गर्ने १० लाख पुगे, ३० लाख घरपरिवारसम्म पहुँच
आइएमई पेको छलाङ, एप डाउनलोड गर्ने १० लाख पुगे, ३० लाख घरपरिवारसम्म पहुँच

Tata
GBIME
Nepal Life

काठमाडौं। ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ। यो एप डाउनलोड गरेर आफैं वा एजेण्टको सहयोगमा आइएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राही लाभान्वित भएको कम्पनीले दाबी गरेको छ।

डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप अप गर्ने एकजना भाग्यशाली विजेतालाई वान प्लस मोबाइल दिने कम्पनीले जनाएको छ। यो योजना आइतबारबाट सुरु भएर मंसिर १ गतेसम्म कायम हुनेछ।

आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकालले छोटो अवधिमा ३० लाखभन्दा बढी घरपरिवारसम्म पहुँचमा पुग्न सक्नु कम्पनीको सफलता भएको बताए।

एपमार्फत प्राप्त गर्न सकिने सेवालाई विविधिकरण गर्दै सेवाग्राहीहरूको माग अनुरूपका सेवा थप गर्ने कार्यमा कम्पनी निरन्तर आगाडि बढिरहेको जानकारी उनले दिए।

पछिल्लो समयमा फैलिएको कोरोना भाइरस का कारण सामाजिक दूरी कायम गर्नुपर्ने जस्ता सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिटेन्स लगायतका थुप्रै सेवा सेवाग्राहीहरूको पहुँचमा पु‍र्‍याउन कम्पनी सफल भएको छ।