BIZMANDU
www.bizmandu.com

कोभिडमा पनि नेवानिको आन्तरिक उडानमा ६०% अकुपेन्सी, दुई ट्विनअटरबाट दुर्गमका नौ ठाउँमा उडान

२०७७ असोज ८

कोभिडमा पनि नेवानिको आन्तरिक उडानमा ६०% अकुपेन्सी, दुई ट्विनअटरबाट दुर्गमका नौ ठाउँमा उडान
कोभिडमा पनि नेवानिको आन्तरिक उडानमा ६०% अकुपेन्सी, दुई ट्विनअटरबाट दुर्गमका नौ ठाउँमा उडान

Tata
GBIME
Nepal Life

काठमाडौं। गत सोमबारदेखि आन्तरिक उडान सुरु भएसँगै नेपाल वायुसेवा निगमले दुईवटा ट्विनअटरबाट नौ गन्तव्यमा उडान थालेको छ । १९ सिट क्षमताका दुवै ट्विनअटर अहिले उडानको माग अधिक भएको पश्चिम नेपालका विकट क्षेत्रमा केन्द्रित भएको निगमले जानकारी दिएको छ।

कोभिडका कारण गत चैतयता आन्तरिक उडानमा रोक लगाएपछि निगमका सबै उडान बन्द थियो । असोज ५ बाट पुनः उडान खुला गरेसँगै निगमले पनि विकट गन्तव्यमा पुनः उडान सुरु गरेको हो । 

उडान सुरु गरेका गन्तव्यहरुमा यात्रुको राम्रो माग आएपछि अहिले नै विभिन्न गन्तव्यको उडानमा ६० प्रतिशत अकुपेन्सी रहेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्। 'अहिले स्वास्थ्य र यात्रा सुरक्षाका दृष्टिले यात्रुले हवाई यातायातलाई नै प्राथमिकता दिएकाले उडान माग धेरै छ । यसैले यस्तो अवस्थामा पनि अकुपेन्सी उच्च छ,' उनले भनिन् ।

कम्पनीले लकडाउनयता नियमित उडान बन्द भएका भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु लगायतका गन्तव्यमा अहिले हवाई सेवा दिइरहेको हो ।

यात्रुको चाप र मागलाई हेरेर यी गन्तव्यहरुमा साताको दुईदेखि तीन दिन सम्मको उडान तालिका बनाएको निगमले जनाएको छ। 

 

यस्तो छ निगमले आन्तरिक उडान थालेका गन्तव्यहरुको तालिका:

गन्तव्य

उडान तालिका

काठमाडौं-रुकुम-काठमाडौं

आइतबार, विहीबार

रुकुम-नेपालगञ्ज-रुकुम

आइतबार, विहीबार

नेपालगञ्ज-जुम्ला-नेपालगञ्ज

आइतबार

काठमाडौं-भोजपुर-काठमाडौं

सोमबार, मंगलबार, शुक्रबार

काठमाडौं-दाङ-काठमाडौं

सोमबार,बुधबार,शुक्रबार

काठमाडौं-फाप्लु-काठमाडौं

आइतबार, मंगलबार

काठमाडौं-थामखर्क-काठमाडौं

बुधबार

नेपालगञ्ज-बाजुरा-नेपालगञ्ज

विहीबार

काठमाडौं-ताप्लेजुङ-काठमाडौं

बुधबार, शनिबार

काठमाडौं–खानीडाँडाँ–काठमाडौं

बुधबार, शनिवार