BIZMANDU
www.bizmandu.com

लाभांश दिन सिटिजन्स बैंकका दुवै योजनाले तोके बुक क्लोज, कुल १७ करोड ९० लाख इकाइधनीलाई

२०७७ असोज ७

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंकको प्रवर्द्धक रहेको सिबिआई क्यापिटद्धारा संचालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले इकाइधनीहरुलाई लाभांश वितरण गर्नका लागि बुक क्लोजको मिति तय गरेका छन्।

क्यापिटलले लाभांश वितरणको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। असोज १४ गतेसम्म कायम इकाइधनीले लाभांश पाउन सक्ने छन्। दुवै योजनाले इकाइधनीहरुलाई कुल १७ करोड ९० लाख रुपैया नगद लाभांश वितरण गर्नेछन्। 

सिटिजन्स म्युचुअल फण्ड १ का इकाइधनीले करसहित १५ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख नगद र सिटिजन्स म्युचुअल फण्ड २ का इकाइधनीले करसहित १० प्रतिशतका दरले हुन आउने ५ करोड ६० लाख नगद लाभांश पाउने छन्।