BIZMANDU
www.bizmandu.com

जगदम्बा मोटर्सको दसैं योजना, टिभिएस बाइक र स्कुटर किन्दा नगद छुट, हरेक साता आरआर-३१० बाइक

२०७७ असोज ६

जगदम्बा मोटर्सको दसैं योजना, टिभिएस बाइक र स्कुटर किन्दा नगद छुट, हरेक साता आरआर-३१० बाइक
जगदम्बा मोटर्सको दसैं योजना, टिभिएस बाइक र स्कुटर किन्दा नगद छुट, हरेक साता आरआर-३१० बाइक

Tata
GBIME
Nepal Life

काठमाडौं। जगदम्बा मोटर्सले दसैंलाई लक्षित गर्दै टिभिएस दसैंको आशा योजना ल्याएको छ। योजना अनुसार ग्राहकले नगद पुरस्कार जित्ने अवसर पाउनेछन्।

योजना अनुसार ग्राहकले टिभिएसको मोटरसाइकल खरीदमा ९ हजार र स्कुटर खरिदमा सात हजार वा शून्य प्रतिशत ब्याजदरको विकल्प पाउनेछन्। यो बाहेक बम्पर उपहारमा हरेक साता एक जनाले  आरआर ३१० जित्न सक्नेछन्। बम्पर उपहारमा योजनामा भाग लिन www.tvsnepal.com/Dashain मा गएर फारम भर्नुपर्नेछ।

कम्पनीका प्रबन्ध निर्देशक साहिल अग्रवालले नेपालीको महान चाडको अवसरमा ग्राहकको जीवनमा खुशी ल्याउने योजना ल्याएको बताए। ‘जब हाम्रा उपभोक्ताको जीवनमा केही मूल्य थप्ने समय आउँछ, तब हामी सधैं केही नवीनतम योजना लिएर आउँछौं,’ उनले भने, ‘दसैंका बेलामा आशा थप्नका लागि आकर्षक योजना लिएर आएका हौं।’