BIZMANDU
www.bizmandu.com

सानिमा जनरल इन्स्योरेन्सले आइपिओ निष्कासनको अनुमति पायो, ३० करोडको सेयर आउने

२०७७ असोज ६

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा जनरल इन्स्योरेन्सले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीलाई ३० करोड रुपैयाँको सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डले सोमबार अनुमति दिएको छ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले आइपिओ जारी गर्नको लागि असार १४ गते बोर्डमा निवेदन दिएको थियो। कम्पनीले हाल संस्थापक तर्फबाट ७० करोड चुक्ता पुँजी कायम छ। यो सँगै अब कम्पनीले प्रति सेयर एक सय अंकित दरले हुने ३० करोड बराबरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ।

सर्वसाधारणलाई आइपिओ बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्नेछ।