BIZMANDU
www.bizmandu.com

नबिल बैंकले फोनबाटै ऋण उपलब्ध गराउने स्किम ल्यायो, ‘अप्लाइ’ गरेको केही मिनेटमै पैसा

२०७७ असोज ५

नबिल बैंकले फोनबाटै ऋण उपलब्ध गराउने स्किम ल्यायो, ‘अप्लाइ’ गरेको केही मिनेटमै पैसा
नबिल बैंकले फोनबाटै ऋण उपलब्ध गराउने स्किम ल्यायो, ‘अप्लाइ’ गरेको केही मिनेटमै पैसा

Tata
GBIME
Nepal Life

काठमाडौं। नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाटै ऋण दिने सुविधा सुरु गरेको छ। बैंकले तलबी खाताबाहक ग्राहकहरुलाई आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त उपलब्ध गराउने छ।

कसरी पाइन्छ ऋण?
बैंकले एफवान सफ्ट इन्टरनेशनल प्रालिसँग सहकार्य गरेर यो नौलो खालको ऋण योजना सुरु गरेको हो। निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत आफ्नो खातामा ऋण रकम पाउने छन्। 

सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनु पर्नेछ। साथै यस्तो खालको ऋण छोटो अवधिका लागि उपलब्ध गराइन्छ।

ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया पूरा गर्नु पर्दैन। स्मार्ट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन्। 

बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने विज्ञप्तिमा उल्लेख छ। ग्राहकको बैंकिङ कारोबारसँग निहित भएकाले कुनै पनि अतिरिक्त धितो आवश्यक पर्दैन। 

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहले बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय ऋण स्किम भएको बताएका छन्। 

उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरवको विषय हो।’ नबिलका देशभर १ सय १९ शाखा तथा १ सय ८४ वटा एटिएम छन्।