BIZMANDU
www.bizmandu.com

हुण्डाईले ल्यायो दशैं तिहार अफर, गाडी किन्दा नगद छुट तथा बिभिन्न आकर्षक प्याकेज

२०७७ असोज ५

Tata
GBIME
Nepal Life

 

काठमाडौं। नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैंको विशेष योजना "हुण्डाई फेस्टिभ डिलाइट" सार्वजनिक गरेको छ। कम्पनीले 'यसपालिको दशैंतिहार वेलकम टु हुण्डाई परिवार' भन्ने अफर ल्याएको हो। 

कम्पनीले यस योजना अन्तर्गत हुण्डाई गाडी खरिदमा स्क्रयाच कुपनमार्फत १ लाख सम्मको नगद छुट पाइने छ। यसैगरी दुई भाग्यशाली विजेताले हुण्डाईको औरा र  हुण्डाईको ग्राण्ड आई १० एनआईओएस बम्पर प्राइज पुरस्कार जित्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यसैगरी गाडी किन्दा १ वर्षको बीमा निःशुल्क हुने पनि कम्पनीले जनाएको छ। कम्पनीले देशभर रहेका १३ शोरुम तथा १७ सर्भिस सेन्टरमार्फत हुण्डाईका गाडीहरु बेच्दै आएको जनाएको छ।

यसका सबै सवारी साधनहरु ३ वर्षको वारेन्टी चार वर्षको फ्रि सर्भिसिङ तथा एक वर्षको सवारी कर तथा नामसारी शुल्क समेत छुट दिने कम्पनीले जनाएको छ।