BIZMANDU
www.bizmandu.com

रोजगार सूचना बैंकमा सूचीकृत व्यक्तिले निजी कम्पनीमा काम गरे पनि सरकारी तलब पाउने

२०७७ असोज ४

रोजगार सूचना बैंकमा सूचीकृत व्यक्तिले निजी कम्पनीमा काम गरे पनि सरकारी तलब पाउने
रोजगार सूचना बैंकमा सूचीकृत व्यक्तिले निजी कम्पनीमा काम गरे पनि सरकारी तलब पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। रोजगार सूचना बैंकमा दर्ता हुने व्यक्तिले निजी क्षेत्रमा काम पाउने भएका छन्। सीपमूलक काम सिकेको समयको सरकारले ५० प्रतिशत तलब व्यवस्था गर्ने भएको हो। 

उद्योग मन्त्रालयले तयार गरेको सीपमूलक प्रशिक्षण कार्यक्रम कार्यविधिमा निजी क्षेत्रमा सीप सिकेको अवधिको ५० प्रतिशत तलब सरकारले प्रदान गर्ने व्यवस्था गरेको हो। न्यूनतम पारिश्रमिकको तीन महिनाको ५० प्रतिशत उपलब्ध गराउनेछ। यो प्रतिव्यक्ति २० हजार १ सय ७५ रुपैयाँ हुन आउनेछ। यो सुविधा प्राप्त गर्न अनुमति प्राप्त उद्योग तथा कम्पनीमा काम गर्नुपर्छ।  

उद्योग सचिव चन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा रोजगार सूचना बैंकमा दर्ता भएका बेरोजगारहरुलाई निजी क्षेत्रसमेतको सह-लगानीमा कार्यस्थलमा आधारित सीपमूलक प्रशिक्षण/तालिम कार्यक्रम संचालनको कार्यविधि तयार गरिएको हो।

मन्त्रालयले बनाएको कार्यविधि फेडेरेशन अफ नेपाल एक्सपोर्टस् एसोशियसन, रोजगारदाता परिषद्, नेपाल उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसायी महासंघ, नेपाल ईटा उद्योग महासंघ, गार्मेन्ट एसोशियसन नेपाल, नेपाल कपडा उद्योग एसोशियसन, नेपाल उद्यमशील महिला महासंघ लगायतका निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ। 

बजेटबाट रोजगारी सृजना गर्नका लागि सीपयुक्त जनशक्ति तयार गर्न सरकारले सहयोग गर्ने उल्लेख गरिएको छ।