BIZMANDU
www.bizmandu.com

रेल चलाउने तयारीमा विभाग सक्रिय हुँदै, आज जनकपुर आइपुग्ने नेपाली रेल यस्तो छ (फोटो फीचर)

२०७७ असोज २

रेल चलाउने तयारीमा विभाग सक्रिय हुँदै, आज जनकपुर आइपुग्ने नेपाली रेल यस्तो छ (फोटो फीचर)
रेल चलाउने तयारीमा विभाग सक्रिय हुँदै, आज जनकपुर आइपुग्ने नेपाली रेल यस्तो छ (फोटो फीचर)

Tata
GBIME
Nepal Life

काठमाडौं। भारतले रेल सेट र कर्मचारी दिन गरेको प्रस्तावलाई नेपालले स्वीकार नगरी आफ्नै रेल चलाउने योजना बताएको थियो। कोंकण रेलवेज कर्पोरेशनको चेन्नईस्थित कारखानामा नेपालका लागि बनाइएका दुई ट्रेन सेट आज जनकपुर आइपुग्दैछन्।

लकडाउनकै बेला कोंकण रेलवेजले तयार पारिसकेको इञ्जिन र वोगी हाजिपुर ल्याएर राखिएको थियो। त्यो बेला नेपाल रेलवे विभागले भित्र्याउन आफ्नो तयारी नपुगेको भन्दै समय मागेको थियो।

दुई साताअघि विभागले 'अब ल्याइदिनुस्' भनेपछि रेल निर्माता कम्पनीले आफ्नै प्राविधिक पठाएर जनकपुरमा एउटा इञ्जिनसँग पाँच वोगीको रेल डेलिभरी दिँदैछ।  

जनकपुर-जयनगर खण्डमा चल्ने नेपाली रेल आज जनकपुर आइपुगे पनि सञ्चालनमा आउन केही समय लाग्ने देखिएको छ। रेल चलाउन आवश्यक मुख्य प्राविधिक भारतबाट करारमा लिइने भए पनि आवश्यक जनशक्ति पुर्याेउन विभागले आन्तरिक पदपूर्तिको काम पूरा गरेकै छैन।

रेल विभागका अनुसार रेल निर्माता कम्पनीका प्राविधिकले नै चलाएर ल्याउँदै गरेको नेपाली रेललाई कुन स्टेशनमा पार्किङ गर्ने भन्ने निश्चित हुनै बाँकी छ। केही दिन परीक्षण गरेपछि पनि विभागले जनशक्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ। 

दसैंअघि नै सञ्चालनमा ल्याउने लक्ष्य भएकाले रेल भित्रिएसँगै प्रक्रिया अघि बढाइसकेको रेल विभागले जनाएको छ। हाजिपुरबाट बिहीबार बेलुकी जयनगर आइपुगेको रेल आज जनकपुर आइपुग्दैछ।  नेपाली रेलको तस्बिरहरू विभागका महानिर्देशक वलराम मिश्रले सामाजिक सञ्जालमा यसरी सेयर गरेका छन्-