BIZMANDU
www.bizmandu.com

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बेच्दै एनआइसी एशिया बैंक, निकाल्यो लिलाम सूचना

२०७७ असोज २

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बेच्दै एनआइसी एशिया बैंक, निकाल्यो लिलाम सूचना
सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बेच्दै एनआइसी एशिया बैंक, निकाल्यो लिलाम सूचना

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलाममार्फत  बिक्री गर्न लागेको छ।  

बैंकले प्रतिकित्ता ३९ हजार १ सय कित्ता सेयर असोज २ (आज) देखि ९ गतेसम्ममा सिलबन्दी बोलपत्रद्धारा खरिदको लागि आवेदन माग गरेको छ। आवेदकहरुले न्यूनतम १ सय कित्ता र अधिकत्तम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

आवेदकहरुले बोलपत्र आवेदन फाराम एनआइसी एशिया क्यापिटल, बबरमहल, र एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय, थापाथलीका साथै विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट एक सय  रुपैयाँ नगद तिरेर पाउन सक्नेछन्।  

बोलपत्र पेश गर्ने आवेदकले खरिद गर्न चाहेको कित्ताको सम्पूर्ण रकम अग्रिम रूपमा एनआइसी एशिया क्यापिटलको नाममा एनआइसी एशिया बैंकको खाता नम्बर ५४४१४४५१०२५५२४०६ मा नगद जम्मा गरी सक्कली भौचर सहित सिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

बैंकले सबैभन्दा बढी मूल्य बोलकबोल गर्ने आवेदकलाई सेयर बिक्री गर्ने भएकाले बाँडफाँटमा नपररेका आवेदकहरुको रकम उनीहरूकै बैंक खातामा जम्मा हुने बैंकले जनाएको छ ।