BIZMANDU
www.bizmandu.com

एनटीसीले ल्यायो संविधान दिवस अफरहरु, ५५ रुपैयाँमा अनलिमिटेड युट्युब र फेसबुक चलाउन पाइने

२०७७ असोज १

एनटीसीले ल्यायो संविधान दिवस अफरहरु, ५५ रुपैयाँमा अनलिमिटेड युट्युब र फेसबुक चलाउन पाइने
एनटीसीले ल्यायो संविधान दिवस अफरहरु, ५५ रुपैयाँमा अनलिमिटेड युट्युब र फेसबुक चलाउन पाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना सेवाहरुमा विभिन्न योजना ल्याएको छ। 

यसअन्तर्गत  २८ दिनसम्ममा चलाउन सकिने गरी २८ जीबी डेटा प्याकेज पाँच सय ५५ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । यसमा उपभोक्ताले दैनिक एक जीबीको औसतमा डेटा खपतको सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस्तै, ५५ रुपैयाँमा तीन दिनसम्म अनलिमिटेड फेसबुक र युट्युब चलाउन सकिने स्किम पनि टेलिकमले ल्याएको छ । यसअन्तर्गत अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुकमध्ये कुनै एक प्याकेज खरिद गर्ने ग्राहकले १५ रुपैयाँमा १ जीबी डेटा प्याक एड–अन गर्न सक्नेछन्।

संविधान दिवस पारेर ल्याएका यी योजना असोज २ देखि तीन दिनसम्म कायम रहने भएकाले उक्त दिनभित्र यो खरिद गर्न सकिने टेलिकमले जनाएको छ।