BIZMANDU
www.bizmandu.com

लाभांश घोषणामा पहिलो बैंक बन्यो माछापुच्छ्रे, १०.४% लाभांश, पुँजी आधार बलियो बनाउन बोनस बढी 

२०७७ असोज १

लाभांश घोषणामा पहिलो बैंक बन्यो माछापुच्छ्रे, १०.४% लाभांश, पुँजी आधार बलियो बनाउन बोनस बढी 
लाभांश घोषणामा पहिलो बैंक बन्यो माछापुच्छ्रे, १०.४% लाभांश, पुँजी आधार बलियो बनाउन बोनस बढी 


Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंकले गत बर्षको नाफालाई पुँजीकरण गर्ने भएको छ। कोभिड-१९ का कारण आगामी दिनमा चुनौति बढ्न सक्ने अनुमान गर्दै बैंकले पुँजी आधार बलियो बनाउन बोनस सेयरलाई प्राथमिकतामा राखेको छ।

गत बर्षको नाफाबाट लाभांस घोषणा गर्ने माछापुच्छ्रे पहिलो बैंक हो। बैंकले नाफाबाट १०.४ प्रतिशत लाभांस घोषणा गरेको छ।

कुल लाभांसमध्ये ७.०३ प्रतिशत बोनस सेयर छ। बाँकी ३.३७ प्रतिशत नगद लाभांस छ। बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ हाराहारी छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी थप ६० करोड रुपैयाँ हाराहारीले बढ्ने छ।

बैंकले गत बर्ष एक अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम भएको थियो। बैंकको साधारण जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ बचत छ।