BIZMANDU
www.bizmandu.com

बिहीबारदेखि संचालनमा आयो चन्द्रागिरि केबलकार, ३८ वटै डिब्बा संचालन, यात्रुको इन्क्वाइरी धेरै

२०७७ असोज १

बिहीबारदेखि संचालनमा आयो चन्द्रागिरि केबलकार, ३८ वटै डिब्बा संचालन, यात्रुको इन्क्वाइरी धेरै
बिहीबारदेखि संचालनमा आयो चन्द्रागिरि केबलकार, ३८ वटै डिब्बा संचालन, यात्रुको इन्क्वाइरी धेरै

Tata
GBIME

काठमाडौं। ६ महिनापछि चन्द्रागिरि केबलकार बिहीबारदेखि संचालनमा आएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर केबलकार संचालनमा ल्याइएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए।

उनका अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर केबलकार संचालन भइरहेको छ। ‘हामीले एउटा गोन्डालामा चार जना मात्रै यात्रु राखेर केबलकार चलाइरहेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘सबै ३८ वटा नै गोन्डोला(डिब्बा) चल्न थालेको छ।’

शाहका अनुसार केवलकार चढ्नका लागि इन्क्वाइरी आइरहेको छ। ‘कोरोना संक्रमण नियन्त्रणका लागि ६ महिनादेखि घरभित्रै बन्दाबन्दी भएर बस्नुपरेको थियो। त्यसैले केबलकार संचालनमा आउने भनेपछि धेरै फोन कलहरु आएका छन्,’ शाहले भने, ‘त्यसैले यात्रुहरुको फूटफल बढी हुने अपेक्षा गरेका छौं।’ केबलकार टप स्टेशन नजिकै रहेको चन्द्रागिरि हिल्स रिसोर्टसमेत खुलिसकेको छ।