BIZMANDU
www.bizmandu.com

लामो दुरीको यातायात खुल्दा नारायणगढ मुग्लिन सडक खण्डमा भने पहिरो, बाटो ठप्प

२०७७ असोज १

Tata
GBIME
Nepal Life

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो स्थानमा आज बिहान ४:३० बजे पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी छ। पहिरो खसेको सडक बिहानैदेखि सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।

पहिराका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटामा रोकिएका छन्।

बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो। सो सडकमा सोमबार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ।