BIZMANDU
www.bizmandu.com

१ सय ७८ दिनपछि लामो दुरीका सवारी सञ्चालन, तर बसपार्कमा छैन चहलपहल, तस्बिर समाचार

२०७७ असोज १

Tata
GBIME
Nepal Life

काठमाडौं। चैतको १० गतेदेखि सञ्चालनमा रोक लगाइएको लामो दुरीका सवारीसाधन आजबाट सञ्चालन गर्न पाउने भएका छन्। १ सय ७८ दिनपछि लामो दुरीका सवारी साधन सञ्चालनमा आएका छन्।

तर, लामो दुरीका सवारीमाथि लगाइको प्रतिबन्ध फुकुवा भए पनि बिहीबार बिहान भने बसपार्कमा त्यस्तो दृष्य देखिएन। बरु उस्तै दृष्य जारी रह्यो जसले अझै लकडाउन नै छ भन्ने झझल्को दिन्थ्यो।

गोंगबुस्थित नयाँ बसपार्क सुनसान थियो। यात्रुहरु थिएनन्। एकादुई गाडी चालक र सहचालक भने यात्रु कुरेर बसिरहेका थिए। कोही गाडी सरसफाइमा लागेका थिए। यात्रु आउलान् र जाउँला भन्ने आशामा देखिएका थिए उनीहरु।

'कोही आएका छैनन्। यात्रु आए त हामी तयारी अवस्थामा नै थियौं,' एक चालकले सुनाए।

त्यस्तै, सरकारले मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्ने निर्देशन दिएपछि बसपार्कमा टिकट काउण्टर पनि त्यही अनुसार बनाइएको छ। टिकट लिन मानिसको भीड हुने र कोभिड-१९ संक्रमण फैलिन सक्ने भन्दै डिजिटल प्रविधिबाट टिकट लिन सकिने छ। अनलाइनबाट नै टिकट पाइने व्यवस्था पनि गरिएको छ।

सुरुको दिन भएकाले हुनुपर्छ बस सेवा सुरु भयो भने पनि मानिसहरुको गतिविधि कम छ। कोरोना भाइरसको संक्रमण थपिने क्रम थामिएको छैन। यस्तोमा लामो दुरीको यात्रा गर्दा यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने र बसमा एकातर्फमात्र यात्रु बस्न पाउने व्यवस्था गरिएको छ।