BIZMANDU
www.bizmandu.com

मेरो सेयरले बल्ल ल्यायो मोबाइल एप, परीक्षणका लागि गुगल प्लेस्टोरमा राख्यो, आस्वा सेवा छैन

२०७७ भदौ ३१

Tata
GBIME
Nepal Life

काठमाडौं। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले ‘मेरो सेयर’ एप सञ्चालनमा ल्याएको छ। अहिले परीक्षणका लागि ‘गुगुल प्ले स्टोर’ मा एप राखिएको सिडिएसले जनाएको छ।

यसअघि ‘ब्राउजर’ मा मात्र मेरो सेयर थियो। कम्पनीले डिम्याट खातामा रहेको सेयर विवरण, बजार मूल्यका आधारमा आफ्नो पोर्टफोलियो, भारित औषत गणना, सेयरको राफसाफ तथा फर्छ्योटलगायतका सुविधा दिँदै आएको छ।

कम्पनीले मेरो सेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री र सहज बनाउने उद्देश्यले एप बनाइएको विज्ञप्तिमा जनाएको छ। 

एपमा ब्राउजरमा रहेको सम्पूर्ण सुविधाहरुमध्ये हाल ‘माइ आस्वा’ भित्र रहेका सुविधाबाहेकका सेवा उपलब्ध रहेको जनाइएको छ।