BIZMANDU
www.bizmandu.com

कोरोनाले रोकिएको लाइसेन्स वितरण असोज १ बाट पुनः सुरु हुँदै, कुनकुन कार्यालयबाट लिन पाइन्छ ?

२०७७ भदौ ३१


काठमाडौं। सवारी चालक अनुमतीपत्र (लाइसेन्स)  वितरण असोज १ बिहिबारबाट हुने भएको छ। 

Tata
GBIME
Nepal Life

काठमाडौंको ठूलो भर्याङस्थित यातायात व्यवस्था सवारीचालक अनुमतीपत्र कार्यालयले एक सूचना निकालेर लाइसेन्स वितरण असोज १ बाट थाल्ने जनाएको हो । अर्थात्, तत्कालका लागि ठूलो भर्याङ कार्यालयबाट लाइसेन्स लिने प्रक्रियामा रहेकाले सोही कार्यालयबाट मात्र सवारी चालक अनुमतीपत्र लिन पाउनेछन्।

लाइसेन्स प्रिन्ट भए/नभएको यकिन गरेर लिन आउन कार्यालयले सेवाग्राहीलाई आग्रह गरेको छ। लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ।

यातायात व्यवस्था विभागले माग भएर आएका सबै लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयहरुमा पठाइसकेको जनाएको छ।

जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपछि लाइसेन्स वितरण रोकिएको थियो। निषेधाज्ञा खुकुलो बनाएपछि आइतबारबाट अधिकांश यातायात कार्यालयहरु खोलिएको भएपनि लाइसेन्स वितरण हुन सकेको थिएन।  

लाइसेन्स वितरण थाल्दा भीडभाड बढ्ने र संक्रमणको जोखिम हुने भएकाले लाइसेन्स वितरण तत्कालै नगर्ने बताइएको थियो। कोरोना केही सहज भएपछि वितरण गरिने बताइएको भएपनि बिहिबारबाट स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर लाइसेन्स वितरण सुरु हुने भएको छ।