BIZMANDU
www.bizmandu.com

विशाल अग्रवाल प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष बने, नयाँ तीन जना संचालक पनि चुनिए

२०७७ भदौ ३१

विशाल अग्रवाल प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष बने, नयाँ तीन जना संचालक पनि चुनिए
विशाल अग्रवाल प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष बने, नयाँ तीन जना संचालक पनि चुनिए

Tata
GBIME
Nepal Life

काठमाडौं। निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन्।

आइतबार बसेको सञ्चालक समितिको २०८औं बैठकले सर्वसम्मत रूपमा अग्रवाललाई अध्यक्ष नियुक्त गरेको हो। अग्रवालले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

शुक्रबार भएको कम्पनीको १८औं साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो। अध्यक्ष अग्रवाल मुलुकको व्यावसायिक घराना विशाल ग्रुपसँग सम्बद्ध छन्।