BIZMANDU
www.bizmandu.com

राजस्व परामर्श समितिको कार्यालय भन्सार विभागमा, समितिलाई कर सम्बन्धी यस्ता छन् जिम्मेवारी

२०७७ भदौ ३१

राजस्व परामर्श समितिको कार्यालय भन्सार विभागमा, समितिलाई कर सम्बन्धी यस्ता छन् जिम्मेवारी
राजस्व परामर्श समितिको कार्यालय भन्सार विभागमा, समितिलाई कर सम्बन्धी यस्ता छन् जिम्मेवारी

Vigo
GBIME
Tata

काठमाडौं। नेपाल राजस्व परामर्श समितिको कार्यालय भन्सार विभाग त्रिपुरेश्वरमा स्थापना भएको छ। सरकारले एक महिना अघि समितिको अध्यक्ष महेशप्रसाद दहाल र सदस्यमा निर्मलहरि अधिकारी नियुक्त गरेको थियो।

समितिमा एक जना सदस्य पद रिक्त छ। समितिले राजस्व नीति, कर संरचना र कार्य प्रक्रियाको मूल्यांकन गर्ने अधिकार दिइएको छ। समितिलाई लगानीमैत्री वातावरण र कर प्रणालीको विकास गर्न सुझाव दिने, अन्तर्राष्ट्रिय कर, कर छुट तथा दोहोरो मुक्ति सम्झौता अध्ययन एवं विश्लेषण गरि सुझाव दिने, नयाँ कर लागू गर्ने, कुनै कर खारेज गर्ने, करका दरहरुमा गर्नुपर्ने परिवर्तन सम्बन्धी विषयका बारेमा अध्ययन विश्लेषण गरेर सुझाव दिने जिम्मेवारी दिइएको छ।

तीन तहका सरकारले लगाएका करहरुको अध्ययन गरी दोहोरोपन आउन नदिन सुझाव दिने जिम्मेवारी पनि समितिलाई छ। समितिले आफूले पाएको जिम्मेवारी वहन गर्दै सार्वजनिक निजी क्षेत्रको संवाद मञ्चको रूपमा अघि बढाउने समेत जनाएको छ।