BIZMANDU
www.bizmandu.com

प्याज अनुगमन गर्न वाणिज्य मन्त्रीदेखि महानगरपालिकासम्म, प्याज लुकाउने दुई व्यापारी पक्राउ

२०७७ भदौ ३१

प्याज अनुगमन गर्न वाणिज्य मन्त्रीदेखि महानगरपालिकासम्म, प्याज लुकाउने दुई व्यापारी पक्राउ
प्याज अनुगमन गर्न वाणिज्य मन्त्रीदेखि महानगरपालिकासम्म, प्याज लुकाउने दुई व्यापारी पक्राउ

Tata
GBIME
Nepal Life

काठमाडौं। भारतले निकासीमा प्रतिबन्ध लगाएपछि प्याजको भाउ एकै दिन तेब्बरभन्दा बढीमा बेच्न थालिएको छ।

प्याजको मूल्य बढाएको सूचना पाएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, काठमाडौं महानगरपालिका र वाणिज्य विभागको टोलीले कालिमाटी र बल्खुको थोक तरकारी बजारमा अनुगमन गरेको छ। अनुगमनको क्रममा मूल्य बढाउन प्याज लुकाउने दुई व्यवसायीलाई पक्राउ गरिएको छ भने दर्जन व्यवसायीलाई कागजपत्रसहित वाणिज्य विभाग उपस्थित हुन निर्देशन दिइएको छ।

काठमाडौं महानगरपालिका र वाणिज्य विभागको संयुक्त बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारको अनुगमन गर्दै प्याजको कृत्रिम अभाव सिर्जना गराउन खोज्ने दुई व्यापारीलाई नियन्त्रणमा लिएको छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले प्याज लुकाउने दुई व्यापारीलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको जानकारी दिए।

चुली सगरमाथा इन्टरप्राइजेजका संचालक दीपेन्द्र केसी र एस के सप्लायर्सका सुनिल केसीलाई पक्राउ गरेको हो। चुली इन्टरप्राइजेजबाट २ सय बोरा र एसके बाट १९ बोरा प्याज नियन्त्रणमा लिएर सिल पसल सील गरेको उनले बताए। पाँच जना व्यापारीलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारवाहीका लागि कागजपत्रसहित उपस्थित हुन विभागले निर्देशन दिएको छ।

अनुगमनको क्रममा ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो। बुधबार नै आपूर्तिमन्त्री लेखराज भट्टको टोलीले कालिमाटी बजारमा अनुगमन गर्दै ६ व्यवसायीलाई कागजपत्र लिएर विभागमा उपस्थित हुन पत्र काटेको छ। उनीहरुले खरिद बिल देखाउन नसकेपछि विभागमा उपस्थित हुन निर्देशन दिइएको हो।