BIZMANDU
www.bizmandu.com

असोज ५ बाट मात्रै आन्तरिक उडान, तयारी नभएको भन्दै समय सारे, टिकटका लागि ‘इन्क्वाइरी’ छैन

२०७७ भदौ ३१

असोज ५ बाट मात्रै आन्तरिक उडान, तयारी नभएको भन्दै समय सारे, टिकटका लागि ‘इन्क्वाइरी’ छैन
असोज ५ बाट मात्रै आन्तरिक उडान, तयारी नभएको भन्दै समय सारे, टिकटका लागि ‘इन्क्वाइरी’ छैन

Tata
GBIME
Nepal Life

काठमाडौं। उडान खोल्न दबाब दिँदै आएका वायुसेवा संचालकले असोज ५ गतेदेखि मात्रै उडान थाल्ने भएका छन्। तयारी नभएको भन्दै असोज ५ गतेलाई सबै कम्पनीले उडान सारेका हुन्।

 तर उनीहरुले जहाजमा पूरै सीटमा यात्रु राख्न पाउनुपर्ने माग राख्दै समय सारेका हुन्। सरकारले स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै ५० प्रतिशत यात्रु मात्रै राख्न पाउने निर्णय गरेको छ। सार्वजनिक यातायातमा पनि यही प्रावधान लागू छ। केही दिन अघि भने  कोरोना नियन्त्रणका नाममा सरकारले हवाई यातायात रोकेकोमा असन्तुष्टी जनाएका संचालकले पटकपटक आन्दोलन गर्ने धम्की दिएका थिए।

तर सरकारले बिहीबारदेखि उडान खोल्ने निर्णय गरेपछि भने बोली फेर्दै असोज ५ गतेदेखि मात्रै नियमित उडान थाल्ने जानकारी दिएका छन्। बुद्ध, यती, श्री, तारा, सीता, सौर्य, सिम्रिकले आगामी सोमबारदेखि मात्रै उडान थाल्ने जानकारी दिएका हुन्।

यतीले वार्षिकोत्सवको अवसर पारेर असोज ५ गतेदेखि नियमित उडान गर्ने कम्पनीका प्रवक्ता सुर्दशन बर्तौलाले बताए। बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले समेत बिहीबारबाट उडान थाल्न नसकिने बताउँदै सोमबारबाट नियमित उडान गर्ने बताए।

‘इन्क्वाइरी छैन’

सरकारले उडान खोले पनि टिकटका लागि इन्क्वाइरी नरहेको आन्तरिक वायुसेवा कम्पनीले जनाएका छन्। दसैंका लागि उडान संचालन बारे सोधपुछ भए पनि अहिलेको लागि भने बुकिङ छैन।