BIZMANDU
www.bizmandu.com

हुण्डाई फेस्टिभ डिलाइटका विजेता चुनिए, भेन्यू र स्यान्ट्रो कार पाउने भाग्यशाली को हुन्?

२०७७ भदौ ३०

Tata
GBIME
Nepal Life

काठमाडौं। हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई फेस्टिभ डिलाइटका विजेताहरुलाई पुरस्कृत गरेको छ।

हुण्डाईले फेस्टिभ डिलाइट २०७६ का बिजेताहरु नागेश्वरप्रसाद शाहलाई भेन्यू एस तथा शालिकराम अधिकारीलाई स्यान्ट्रो म्याग्ना गाडी हस्तान्तरण गरेको हो।

कम्पनीले संचालन गरको फेस्टिभ डिलाइट योजना अन्तर्गत लक्की ड्रमार्फत विजेता चुनिएको कम्पनीले जनाएको छ।

विजेताबाहेक अन्य १० जनाले लक्की ड्र मार्फत  दुबई भ्रमणको उपहारसमेत पाएका छन्।

लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हुन्डाईलाई नेपालको सर्वोत्कृष्ट ब्राण्ड बनाउनुमा ग्राहकहरुकै हात रहेको भन्दै आभार प्रकट गरे।

कम्पनीले हाल हुण्डाईका गाडीहरुमा ३ वर्षको वारेन्टी, चार वर्ष फ्रि सर्भिसिङ तथा निःशुल्क सवारी कर भुक्तानीसहितका सुविधाहरु दिएको जनाएको छ।

कम्पनीले देशभर १३ शोरुम तथा १७ वटा सर्भिस सेन्टरहरुबाट सेवा दिएको जारी विज्ञप्तिमा उल्लेख छ।