BIZMANDU
www.bizmandu.com

सुनको मूल्य निरन्तर बढ्दै तोलाको ९७ हजार ५ सय रुपैयाँ पुग्यो, चाँदी पनि उकालो

२०७७ भदौ ३०

Tata
GBIME

काठमाडौं। सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँ बढेको छ। मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको  थियो।

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ। मंगलबार बिहान सुन प्रतिऔंस १९६७.१५ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २७.४७ डलर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। सोमबार सुन प्रतिऔंस १९४६. ६५ डलर र चाँदी २६ .७५ डलरमा कारोबार भएको थियो।