BIZMANDU
www.bizmandu.com

दुई महिनामा वीरगंजबाट भित्रियो ५१ करोड रुपैयाँको चिनी, थोकमा किलोको ७६ रुपैयाँमा बेच्दै

२०७७ भदौ २९

दुई महिनामा वीरगंजबाट भित्रियो ५१ करोड रुपैयाँको चिनी, थोकमा किलोको ७६ रुपैयाँमा बेच्दै
दुई महिनामा वीरगंजबाट भित्रियो ५१ करोड रुपैयाँको चिनी, थोकमा किलोको ७६ रुपैयाँमा बेच्दै

Tata
GBIME
Nepal Life

वीरगंज। स्वदेशी उत्पादन सकिएपछि व्यवसायीले विदेशबाट धमाधम चिनी आयात गरिरहेका छन्। दसैंतिहारलाई लक्षित गर्दै भारतबाट चिनी आयात गरिएको हो।

वीरगंजको सिर्सिया सुक्खा बन्दरगाह भन्सारबाट चालु आर्थिक वर्षको साउन र भदौ २७ गतेसम्म ५१ करोड ३८ लाख ७५ हजार ४ सय मूल्य बराबरको करिब एक लाख टनभन्दा बढी चिनी आयात भइसकेको छ।

५१ करोड ३८ लाखको चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याटको तिरेर हाल सम्म ५ वटा आयातकर्ताबाट २९ करोड ८१ लाख ५२ हजार राजस्व पाएको कार्यालयका सूचना अधिकारी जगदीश पुर्बेले जानकारी दिए।

एक चिनी उद्योगसहित ५ वटा व्यापारिक फर्मले यो चिनी आयात गरेका हुन्। वीरगंजका व्यवसायीका अनुसार चिनी उत्पादन गर्ने बाराका रिलायन्स सुगर मिल्स प्रालि, जगदम्बा ट्रेडिङ बारा, शिवम् ओभरसिज पर्सा, मिरा ट्रेडिङ झापा, ईभुलेशन इन्टरप्राइजेज प्रालि काठमाडौंले चिनी आयात गरेका हुन्।

सबै आयातकर्ताहरुले भारतको उत्तरप्रदेशको उद्योगबाट चिनी किनेर ल्याएका हुन्। रिलायन्सले उत्तर सुगर मिल्स २५ लाख ५९ हजार ७ सय ३५ किलो, जगदम्बा इन्टरप्राइजेज बाराले एलएच सुगर उद्योगबाट २५ लाख ८६ हजार किलो, शिवम् ओभरसिज पर्साले यूनिस्टार मेटलल्स प्रालि कोलकाताबाट १३ लाख ७८ हजार किलो, मिरा ट्रेडिङ झापाले कलन साह एण्ड कम्पनीबाट १३ लाख ३० हजार किलो र एलएच सुगर उद्योगबाट १२ लाख ६५ हजार गरी कुल २६ लाख ६ हजार ५ सय किलो चिनी किनेर नेपाल ल्याएका छन्।

व्यवसायीहरुले भन्सार र ढुवानी सबै खर्च जोडेर भारतबाट ल्याएको चिनी ७६ रुपैयाँ किलोमा बेचिरहेका छन्। ‘हामीले भारु साढे २७ रुपैयाँदेखि २९ रुपैयामा चिनी खरिद गर्छौं। त्यसमा भन्सार राजस्व, ढुवानी अन्य खर्च जोड्दा किलोमा साढे ७५ रुपैयाँ पर्छ,’ वीरगंजका एक व्यवसायीले भने, ‘बजारमा थोकमा साढे ७६ रुपैयाँमा बेचिरहेका छौं।’