BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्य फेरि उकालो लाग्दै, सुन तोलाको ९७ हजारनजिक पुग्दा चाँदी सवा १३ सय

२०७७ भदौ २९

सुनचाँदीको मूल्य फेरि उकालो लाग्दै, सुन तोलाको ९७ हजारनजिक पुग्दा चाँदी सवा १३ सय
सुनचाँदीको मूल्य फेरि उकालो लाग्दै, सुन तोलाको ९७ हजारनजिक पुग्दा चाँदी सवा १३ सय

Tata
GBIME

काठमाडौं। ऐतिहासिक उचाई कायम गरेर ओरालो लाग्न थालेको सुनचाँदीको मूल्य फेरि उकालो लाग्न थालेको छ।

गत साता म‌ंगलबारसम्म तल ओर्लिएको सुनचाँदीको मूल्य बुधबारयता पुनः उक्लिने क्रममा देखिएको हो। बिहीबार ९६ हजार ८ सय पुगेको सुनको मूल्य शुक्रबार तीन सय रुपैयाँले घटेको थियो। आइतबार मूल्य यथावत रहे पनि पुनः तोलामा चार सयले महँगिएर सोमबार तोलाको ९७ हजार नजिक पुगेको छ।

आइतबार पनि गत शुक्रबारकै मूल्य यथावत रहँदै तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने अन्तर्राष्ट्रिय बजारमा बढेको असर पर्दै कारोबार मूल्य ९६ हजार ९ सय रुपैयाँ प्रतितोला निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तोलाको एक  लाख रुपैयाँभन्दा पनि माथि पुगेर सुनको मूल्य पुनः ओरालो लाग्न थालेको थियो। त्यसयता अन्तर्राष्ट्रिय बजार पछ्याउँदै सुनचाँदीको मूल्यमा उतारचढाव कायम छ । 

महासंघका अनुसार, चाँदी पनि सोमबार तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँ पुगेको छ। 

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९४६.६५ अमेरिकी डलर र चाँदी प्रतिऔंस २६.८३ डलरमा कारोबार भएको छ। आइतबार यो क्रमशः प्रतिऔंस १९४०.४३ डलर र २६.७५  डलर थियो।