BIZMANDU
www.bizmandu.com

मोबाइलको अवैध कारोबार रोक्न एनटीएको एमडीएमएसको सफ्टवेयर तयार, छिटै सञ्चालनमा ल्याउने तयारी

२०७७ भदौ २९

मोबाइलको अवैध कारोबार रोक्न एनटीएको एमडीएमएसको सफ्टवेयर तयार, छिटै सञ्चालनमा ल्याउने तयारी
मोबाइलको अवैध कारोबार रोक्न एनटीएको एमडीएमएसको सफ्टवेयर तयार, छिटै सञ्चालनमा ल्याउने तयारी


Tata
GBIME
Nepal Life

काठमाडौं। मोबाइल सेटको अवैध आयात र बिक्री वितरण तथा प्रयोग कडाइका साथ रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले तयारी गरिरहेको छ। यसका लागि प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडीएमएस) अनुरूपको सफ्टवेयर प्रयोगमा ल्याउने भएको हो।

चोरीका मोबाइल सेट भित्र्याउने, बेच्ने र प्रयोग गर्नेलाई रोक्न र वैध आयातलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन तयार पारिएको सफ्टवेयर सञ्चालनको तयारी गरिएको प्राधिकरणले जनाएको छ।  

उक्त सफ्टवेयर सञ्चालनलाई आवश्यक पर्ने केही उपकरण भने ल्याउन बाँकी नै छ। कोभिड-१९ को प्रभाव कम भएपछि आवश्यक उपकरण ल्याएर सञ्चालनमा ल्याएर नियमनमा कडाइ गर्ने प्राधिकरणको तयारी छ। सरकारले लामो समय अन्तर्राष्ट्रिय उडान निषेध गरेकाले प्रणाली जडान एवम् सञ्चालनका लागि आवश्यक विज्ञहरु मलेसियाबाट आउन नसक्दा काम रोकिएको प्राधिकरणले जनाएको छ।

विज्ञको टोली नेपाल आउन नसक्दा रिमोट एक्सेसको माध्यमबाट सफ्टवेयर अपलोड गर्ने प्रयास भइरहेको जनाइएको छ। उक्ता टोली नेपाल आएपछि मात्रै प्रणाली संचालनमा ल्याउने तयारी प्राधिकरणको छ। पहिलो लटमा आएको उपकरणहरु राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएको छ। 

यो प्रणाली सञ्चालनमा आएपछि चोरी, भन्सार छलेर ल्याइएका अवैध मोबाइल फोन सेटको बिक्री वितरणलगायतका गतिविधि न्यूनीकरण हुने विश्वास गरिएको छ। राष्ट्रिय एवम् उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर अवैध गतिविधिबाट प्राप्त मोबाइल फोन नेपालमा सञ्चालन रोक लगाउने गरी 'मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली विनियमावली' प्राधिकरणले दुई वर्षअघि नै कार्यान्वयनमा ल्याइसकेको छ।

एमडीएमएस सञ्चालनमा ल्याउने व्यवस्था पनि उक्त विनियमावली मै व्यवस्था गरिएको छ। खुमलटारमा रहेको रेडियो नेपालको ४२ रोपनी जग्गामा एमडीएमएस राख्न दिने गरी गत कात्तिकमा मन्त्रिपरिषद्को निर्णय भएको थियो। उक्त जग्गा समयमै उपलब्ध नभएपछि चाबहिलमा रहेको आफ्नै जग्गामा प्रणाली सेटअप गर्ने गरी काम अघि बढाएको प्राधिकरणले जनाएको छ।