BIZMANDU
www.bizmandu.com

लक्ष्मी उन्नति कोषको ६ करोड ५२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, आजबाट दोस्रो बजारमा कारोबार

२०७७ भदौ २९

काठमाडौं। लक्ष्मी उन्नति कोषले जारी गरेको साधारण सेयर आइतबार नेपाल स्टक एक्सचेन्जमा (नेप्से) मा सूचीकृत भएको छ।

Tata
GBIME

यस सामुहिक लगानी कोष योजनाका प्रति एकाइ १० रुपैयाँ दरका ६ करोड ५२ लाख ६२ हजार ३६० एकाइ सेयर धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएको हो। नेप्सेमा  सूचीकृत भएसँगै आज सोमबारबाट लगानीकर्ताहरुले दोस्रो बजारमा यसको कारोबार गर्न सक्नेछन्। 

सूचीकरणपछि सेयरसम्बन्धी दिनुपर्ने विभिन्न सेवाका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर रजिष्ट्रार (आरटिएस) नियुक्त गरेको छ । लक्ष्मी क्यापिटलको नयाँ बानेश्वरस्थित कार्यालयबाट आरटिएससम्बन्धी सेवा दिने जानकारी कम्पनीले गराएको छ।

कम्पनीले गत साउन ११ देखि १५ सम्म यस योजनाका ८ करोड एकाइ बिक्री गरेको थियो।