BIZMANDU
www.bizmandu.com

नयाँ नेपाल र सारथी लघुवित्त मर्जरपछि सारथी नेपाल लघुवित्त बन्यो, असोज ५ देखि एकीकृत कारोबार

२०७७ भदौ २९

Tata
GBIME
Nepal Life

काठमाडौं। नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त एक आपसमा गाभिएपछि असोज ५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई लघुवित्त एक आपसमा गाभिएपछि सारथी नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। 

दुवै लघुवित्तको विशेष साधारणसभाले १ बराबर १ को अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीबीच गत माघ २० गते मर्जर सम्बन्धी सम्झौता भएको थियो भने एकीकृत कारोबारका लागि राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृति दिएको थियो।

नयाँ नेपाल लघुवित्त नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत रही १० जिल्लामा कार्यक्षेत्र रहेको छ भने  सारथी लघुवित्त नेप्सेमा सूचीकृत भएको छैन । मर्जपछि लघुवित्तको केन्द्रीय कार्यालय काभ्रे, धुलिखेल नगरपालिकामा रहने बताइएको छ।

सारथी लघुवित्तसँग मर्जर सम्झौता गरेपछि  गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ।

हाल नयाँ नेपालको चुक्ता पुँजी १० करोड ८ लाख रुपैयाँ छ भने सारथीको चुक्ता पुँजी १३ करोड ४५ लाख ८६ हजार रुपैयाँ छ। मर्जपश्चात लघुवित्तको चुक्तापुँजी २३ करोड ५३ लाख ८६ हजार पुग्नेछ।