BIZMANDU
www.bizmandu.com

सेयर कारोबारमा सधै अवरोध, अर्थले धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई छलफलका लागि बोलायो

२०७७ भदौ २८

सेयर कारोबारमा सधै अवरोध, अर्थले धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई छलफलका लागि बोलायो
सेयर कारोबारमा सधै अवरोध, अर्थले धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई छलफलका लागि बोलायो

Tata
GBIME

काठमाडौं। सेयर कारोबारमा पटकपटक समस्या आएपछि अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेका अधिकारीलाई छलफलमा बोलाएको छ।

सोमबार हुने छलफलमा टिएमएसमा आएको समस्याले सेयर कारोबारमै बाधा परेको बारेमा छलफल हुनेछ। अर्थमन्त्रालयले तत्कालै समस्या समाधान गरेर सेयर कारोबार सहज बनाउन निर्देशन दिने स्रोतले बतायो। बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले सोमबार ११ बजे अर्थमन्त्रालयबाट छलफलका लागि बोलावट आएको जानकारी दिए।

यता नेप्सेले भने टिएमएसमा आइरहेको समस्याको कारण पत्ता नलागेको जनाएको छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले प्राविधिक समस्या आएर कारोबार हुन नसकेको बताउँदै समस्या अझै यकिन नभएको जानकारी दिए। उनका अनुसार सफ्टवेयर निर्माता कम्पनीसँग समस्याका बारेमा सोधेपनि स्पस्ट जवाफ आएको छैन्।