BIZMANDU
www.bizmandu.com

सुरक्षाको मापदण्ड अपनाउँदै खुल्न थाले सपिङ मलहरु, हप्तामा तीन दिन सञ्चालन हुँदै

२०७७ भदौ २८

Tata
GBIME
Nepal Life

काठमाडौं । काठमाडौं उपत्यकाका सपिङ मलहरुमा चहलपहल देखिन थालेको छ।

कोभिड-१९ महामारीपछि सरकारले शुरु गरेको लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका मलहरु सरकारको पछिल्लो निर्णयपछि खुल्न थालेको हो।

मलहरुले कोभिड-१९ रोकथामका लागि सामाजिक दुरी कायम गर्ने लगायतका सुरक्षाका उपायहरु पालना गर्दै संचालन गर्ने नीति लिएका छन्।   पसलहरुमा भिडभाड कम गर्नका लागि आवश्यक ब्यबस्था गरिएको बताइएको छ।

पसलको आकार हेरी पसलमा एकैसाथ प्रवेश गर्ने ग्राहक संख्या तोकिएको लबिम मलका लिज म्यानेजर मोहम्मद आलिमले बताए। उनले शुरुमा मलका आधाजति पसलमात्र खुलेको बताए।

काठमाडौंमा सपिङ मलहरु हप्ताको तीन दिन सोमवार, बुधवार र शनिवार खुल्ने छ।