BIZMANDU
www.bizmandu.com

बैंकले कर्मचारी र मजदुरको चेक साट्न मानेनन्, नगदै भुक्तानी गर्न दिन व्यवसायीको माग

२०७७ भदौ २६

बैंकले कर्मचारी र मजदुरको चेक साट्न मानेनन्, नगदै भुक्तानी गर्न दिन व्यवसायीको माग
बैंकले कर्मचारी र मजदुरको चेक साट्न मानेनन्, नगदै भुक्तानी गर्न दिन व्यवसायीको माग

Tata
GBIME
Nepal Life

विराटनगर। बैंकहरूको सेवा पूर्ववत् सुचारु नभएसम्म कर्मचारीको ज्याला र पारिश्रमिक नगदै भुक्तानी गर्ने व्यवस्था मिलाइदिन मोरङका व्यवसायीले माग गरेका छन्।

एकै पटक सयौंको संख्यामा आफ्ना काउन्टरमा आइपुगेका मजदुर र कर्मचारीको चेक बैंकहरूले साट्न नमानेपछि व्यवसायीले नगदै भुक्तानी गर्न माग गरेका हुन्। मोरङ व्यापार संघले आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरलाई पत्राचार गर्दै पारिश्रमिकको रकम नगदै भुक्तानी गर्न आग्रह गरेको हो।

संघका अध्यक्ष प्रकाश मुन्दडाका अनुसार निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण धेरै बैंक आंशिक रूपमा मात्र खुला छन्। 'बैंकले नगद लिने काम त सजिलै गर्छन् तर नगद दिने कामलाई निरूत्साहित गरिरहेका छन्। उनीहरू आफ्ना ग्राहकलाई डिजिटल प्रणालीमा जान प्रोत्साहित गरिरहेका छन,’ उनले भने, ‘तर मजदुरहरू एटिएम र इ-सेवाजस्ता डिजिटल कारोबार गर्न सक्तैनन्। त्यसैले उनीहरूको चेक यथा समयमा साटिनु पर्छ अन्यथा नगदै भुक्तानी गर्ने व्यवस्था मिलाइनु पर्छ।’

अध्यक्ष मुन्दडाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘हाल बैंकहरूले आफ्ना सेवाहरू आंशिक रूपमा मात्र प्रवाह गरिरहेका छन्। तर सबै वर्ग विद्युतीय माध्यमको पहुँचमा छैनन्। यसका कारण उद्योग, कलकारखाना, व्यवसाय लगायत त्यहाँ कार्यरत कर्मचारी कामदारलाई आफ्नो आर्थिक कारोबार गर्न कठिनाइ भइरहेको छ।’

सरकारले श्रम ऐनमा संशोधन गर्दै २०७५ फागुनदेखि कामदार र कर्मचारीको ज्याला भुक्तानी बैंकमार्फत् गर्नुपर्ने अनिवार्य नियम बनाएको छ।